Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

१५ वर्षिय बालक अपहरणको आशंका, ५ करोड फिरौती माग

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज ६, २०८२
In घटना /दुर्घटना
0

सिरहा । सिरहाको गोलबजार नगरपालिका–१३ डंग्राहा गाउँका १५ वर्षीय अभिषेक सिंह अपहरणमा परेका आशंका गरिएको छ। परिवारजनले यस बारे इलाका प्रहरी कार्यालय गोलबजारमा उजुरी दिएका छन्।

असोज ५ गते राति करिब ८:३० बजे खाना खाएपछि घर बाहिर आँगनमा निस्केका अभिषेक हराए। रातभर आमा सहित बाजे बज्याले खोज्दा पनि भेटिएनन्। भोलिपल्ट असोज ६ गते बिहान करिब ८ बजे अभिषेककै इमो आईडी बाट आमाको इमोमा पठाइएको सन्देशमा ५ करोड रुपैयाँ फिरौती माग गरिएको थियो। सन्देशमा रकम अंक र अक्षर दुवैमा उल्लेख गरिएको प्रहरीले जनाएको छ।

अभिषेकका पिता सञ्जय सिंहको ७ वर्षअघि करेण्ट लागी मृत्यु भएको थियो। अहिले अभिषेक परिवारको एक मात्र वारिस रहेको वृद्ध बाजे लक्ष्मण सिंहले बताए। नाति हराएको समाचारले उनी र परिवार शोकमा डुबेका छन्। असोज ६ गते मध्यान्हमा आमा सहित परिवारजनले प्रहरीमा लिखित उजुरी दर्ता गरेका थिए।

घटना पछि प्रहरीले अपहरणको अनुसन्धान, खोजतलास र उद्धार कार्य सुरु गरेको छ। इलाका प्रहरी कार्यालयका निरीक्षक गोविन्द साहले घटना स्थलमै पुगेर अनुसन्धान अगाडि बढाएको जानकारी दिए। छिमेकीका अनुसार, अभिषेक जनताको माध्यमिक विद्यालय बलहीमा कक्षा ७ सम्म पढेपछि पढाइ छाडेका थिए। हाल उनी आफ्नै परिवारको स्वामित्वमा रहेको सिटी रिक्सा देखि ट्रयाक्टर सम्म चलाउँदै आएका थिए।

यो घटनापछि गोलबजार नगरपालिका र आसपासका बस्तीमा त्रास फैलिएको छ। स्थानीयले आफूलाई असुरक्षित महसुस गरिरहेको बताएका छन्। यसैबीच, पत्रकारलाई परिवारजनले समाचार नलेखिदिन आग्रह गरेका छन्। उनीहरूले समाचार सार्वजनिक भएमा अभिषेकको ज्यानमा थप खतरा पर्न सक्ने भन्दै नाम र विस्तृत विवरण सार्वजनिक नगर्न आग्रह गरेका हुन्।

  • 9shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

घटना /दुर्घटना

६ दिन पछि भेटियो टिकटक भिडियो खिच्ने क्रममा खोलामा बेपत्ता युवकको शव

अशोज २४, २०८२
घटना /दुर्घटना

जेन–जी आन्दोलनमा वीरगन्जका एक युवाको मृत्यु भएको पुष्टि

भदौ २७, २०८२
घटना /दुर्घटना

जब मन्त्रीहरुको उद्धारमा हेलिकप्टर भैंसेपाटी पुग्यो, अनि आन्दोलनकारी उग्र बने

भदौ २६, २०८२
घटना /दुर्घटना

जेनजी आन्दोलन : मृत्यु हुनेको संख्या ३०, १ हजार भन्दा बढी घाइते

भदौ २६, २०८२
घटना /दुर्घटना

धनुषामा मूर्ति विसर्जनका क्रममा दुई समुदाय बीच झडप, स्थिति तनावग्रस्त

भदौ १४, २०८२
घटना /दुर्घटना

बारामा बाघको आक्रमणबाट शर्माको मृत्यु

भदौ ११, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

कार्तिक २४, २०८२

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend