३० चैत,जनकपुरधाम । धनुषा प्रहरीले भरुवा बन्दुक १ थान सहित २ जनालाई आइतबार बिहान पक्राउ गरेको छ । बिशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीहरुले जिल्ला धनुषा मिथिला न.पा. वडा नं. ४ स्थित पुष्पलपुर खोलामा दक्षिण तर्फबाट उत्तर तर्फ आउदै गरेको ज.१२ प. १११५ नं. को १५० सि.सि. को पल्सर मोटरसाईकललाई रोकी चेक जाँच गर्दा बारुद लोड रहेको भरुवा बन्दुक थान-१ बोकी हिडेको अवस्थामा जिल्ला धनुषा मिथिला न.पा.-४ वस्ने वर्ष २६ को सरोज कुमार महतो र सोही ठाउँ बस्ने वर्ष ४४ को राज कुमार लामा समेतलाई उक्त भरुवा बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




















आफ्नो प्रतिकृया दिनुहोस्