६ वैशाख , जनकपुरधाम ।
(रवि कुमार) : रकम छरेर भाग्ने दुई महिलालाई आफ्नै निवास मा लुकिछिपी रहेको आवस्था मा प्रहरीले जनकपुरधाम -७ स्थित जानकी नगर बाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको धनौजी गाउँपालिका वडा नं.५ बहुअर्वा बस्ने अमुना खातुन र जनकपुरधाम वडा नं. ७ बस्ने अलिना खातुन छन् । नातामा उनीहरू नन्द-भाउजू हुन् । ५ गते शुक्रवार का दिन १२:३० बजेको समयमा जनकपुरधाम उप-महानगरपालिका ६ स्थित महाविर चोक मा अपरचित महिलाहरुले रु. १० को १२,१५ वटा नेपाली नोट बाटोमा छरी भागी गएको भनि खबर प्राप्त हुना साथ धनुषा प्रहरी ले उनीहरु को खोज तेज गरेका थिए ।

नोट छरेर फरार भएपछि यो क्षेत्रमा निकै त्रास बढेको थियो । उनीहरुले यो रकम किन छरेका हुन् ? भन्ने सन्दर्भमा अनुसन्धान हुन बाँकी रहेको तथा पक्राउ परेका हरु कोरोना संक्रमण सम्बन्धी शंकास्पद भएकाले उनीहरु लाई कोरोना सम्बन्धि जाँच परीक्षण का लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको धनुषा प्रहरीका प्रवक्ता एवं डी एस पी रामेश्वर कार्की ले बताएका छन् ।
श्रोत का अनुसार पैसा फालेर फरार भएको आरोपमा पक्राउ परेकी दुई महिला मध्ये एक जनामा आर डि टी पोजेटिभ देखिएको छ।
आफ्नो प्रतिकृया दिनुहोस्