Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

अध्यादेश खारेजीको माग सहितको रिट सर्वोच्च द्वारा फिर्ता

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
बैशाख ९, २०७७
In समाचार
0

९ वैशाख, काठमाडौं : सर्वोच्च अदालतले सरकारले सोमबार ल्याएको संवैधानिक परिषद् र राजनीतिक दल सम्वन्धि अध्यादेश गैरकानुनी भन्दै खारेजको माग गर्दै परेको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ। मंगलबार अधिवक्ता  शैलेन्द्रप्रसाद अम्बेडकर (हरिजन) र काठमाडौं तिनकुने बस्ने प्रविन कुमार यादवले संयुक्त रूपमा सरकारले ल्याएको संवैधानिक परिषद् सम्वन्धी अध्यादेश संविधानको मुल मर्म विपरित भएको भन्दै खारेजको माग गर्दै रिट निवेदन दर्ता गर्न सार्वोच्च गएका थिए । तर सर्वोच्च प्रशासनले अहिले लकडाउनको समयमा बन्दी प्रत्यक्षीकरण बाहेकको निवेदन दर्ता नगर्ने भन्दै उक्त रिट दर्ता गर्न अस्वीकार गरेको हो । 

रिट निवेदकले संवैधानिक परिषदमा सर्वसम्मत निर्णय गर्ने परम्परा र कानुन संविधानको मुल मर्म अनुसार भएको तर वर्तमान सरकारले त्यसको बर्खिलाप गरेर बहुमतको आधारमा निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याउनु गैरसंवैधानिक भएको भन्दै उक्त अध्यादेश खारेज गर्न माग गरेका थिए। संघीय संसद चालू अवस्थामा नरहेका बेला सरकारले कोरोना महामारीको समयमा मौका छोपेर अध्यादेश ल्याएको भन्दै सर्वोच्चमा रिट दर्ता गर्न खोजिएको थियो । तर सर्वोच्च प्रशासनले कोरोनासँग सम्बन्धित र बन्दीप्रत्यक्षीकरणको रिट बाहेक दर्ता नगर्ने भन्दै फिर्ता पठाएको हो ।

सरकारले सबै जनतालाई एकजुट गराई कोरोनासँग लड्न उत्प्रेरित गर्नुको सट्टा बिना कुनै औचित्यको अध्यादेश ल्याएर समाज र राष्ट्रलाई खण्डित गर्न खोजेको रिटमा उल्लेख थियो । यस्तै रिटमा राष्ट्रपतिले संविधानको पूर्णरूपमा कार्यान्वयन, पालन र संरक्षण गर्नुपर्नेमा मन्त्रिपरिषद्ले पठाएको असंवैधानिक अध्यादेश अध्ययन र त्यसको प्रभावकाबारेमा मुल्यांकन र परामर्शसमेत नगरेको उल्लेख छ । त्यस्तै राष्ट्रपति विद्या भण्डारीले हतारहतारमा जारी गरेको अध्यादेश प्रक्रियागत र सारभूत रूपमा नै गलत भएको पनि रिटमा भनिएको थियो ।

साभार : काठमाडौँ प्रेस

  • 1share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

माओवादी चुनाव लड्नै सक्दैन भन्ने विरोधीहरूको भाष्य खारेज भयो: अध्यक्ष प्रचण्ड

चैत्र ६, २०८१
समाचार

‘राजा-महाराजालाई जनताले इतिहासको विषय बनाइसके’ – अध्यक्ष दाहाल

चैत्र ४, २०८१
समाचार

‘प्रचण्ड’ द्वारा बडी विल्डिङ च्याम्पियन सिपका रजत पदक प्राप्त खेलाडी लाई सम्मान

पुस १४, २०८१
समाचार

कांग्रेसका सभापति द्वारा ‘क्रिसमस डे’ को शुभकामना

पुस १०, २०८१
समाचार

पत्रकारहरुले कलम समाए पछि धर्म छाड्नु हुँदैन् : पुर्व राष्ट्रपती यादव

पुस ८, २०८१
समाचार

देशको प्रतिष्ठा र आर्थिक विकासका लागि खेलको विकास महत्वपूर्ण: प्रचण्ड

पुस ७, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

उच्च रक्तचाप बाट बच्न दैनिक व्यायाम आवश्यक

जेष्ठ ४, २०८२

उच्च रक्तचाप ‘साइलेन्ट किलर’ हो, लक्षण नदेखिन सक्छ : डा.मिश्र

जेष्ठ ४, २०८२

वीरेन्द्रनगरमा ढकमक्क गुलमोहर

जेष्ठ ४, २०८२

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार

जेष्ठ ४, २०८२

अस्पताल सञ्चालनमा प्रदेश सरकार पूर्वाग्रही भएको कांग्रेसको आरोप

जेष्ठ ४, २०८२

एमालेको बहुमत सरकार आवश्यक छ: प्रधानमन्त्री ओली

जेष्ठ ४, २०८२

आज ‘विश्व दूरसञ्चार दिवस’ देशभर मनाइँदै

जेष्ठ ४, २०८२

गभर्नर नियुक्तिमा मेरिटोक्रेसीलाई प्राथमिकता दिइनेछ : प्रधानमन्त्री ओली

जेष्ठ २, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend