Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

अध्यादेश खारेजीको माग सहितको रिट सर्वोच्च द्वारा फिर्ता

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
बैशाख ९, २०७७
In समाचार
0

९ वैशाख, काठमाडौं : सर्वोच्च अदालतले सरकारले सोमबार ल्याएको संवैधानिक परिषद् र राजनीतिक दल सम्वन्धि अध्यादेश गैरकानुनी भन्दै खारेजको माग गर्दै परेको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ। मंगलबार अधिवक्ता  शैलेन्द्रप्रसाद अम्बेडकर (हरिजन) र काठमाडौं तिनकुने बस्ने प्रविन कुमार यादवले संयुक्त रूपमा सरकारले ल्याएको संवैधानिक परिषद् सम्वन्धी अध्यादेश संविधानको मुल मर्म विपरित भएको भन्दै खारेजको माग गर्दै रिट निवेदन दर्ता गर्न सार्वोच्च गएका थिए । तर सर्वोच्च प्रशासनले अहिले लकडाउनको समयमा बन्दी प्रत्यक्षीकरण बाहेकको निवेदन दर्ता नगर्ने भन्दै उक्त रिट दर्ता गर्न अस्वीकार गरेको हो । 

रिट निवेदकले संवैधानिक परिषदमा सर्वसम्मत निर्णय गर्ने परम्परा र कानुन संविधानको मुल मर्म अनुसार भएको तर वर्तमान सरकारले त्यसको बर्खिलाप गरेर बहुमतको आधारमा निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याउनु गैरसंवैधानिक भएको भन्दै उक्त अध्यादेश खारेज गर्न माग गरेका थिए। संघीय संसद चालू अवस्थामा नरहेका बेला सरकारले कोरोना महामारीको समयमा मौका छोपेर अध्यादेश ल्याएको भन्दै सर्वोच्चमा रिट दर्ता गर्न खोजिएको थियो । तर सर्वोच्च प्रशासनले कोरोनासँग सम्बन्धित र बन्दीप्रत्यक्षीकरणको रिट बाहेक दर्ता नगर्ने भन्दै फिर्ता पठाएको हो ।

सरकारले सबै जनतालाई एकजुट गराई कोरोनासँग लड्न उत्प्रेरित गर्नुको सट्टा बिना कुनै औचित्यको अध्यादेश ल्याएर समाज र राष्ट्रलाई खण्डित गर्न खोजेको रिटमा उल्लेख थियो । यस्तै रिटमा राष्ट्रपतिले संविधानको पूर्णरूपमा कार्यान्वयन, पालन र संरक्षण गर्नुपर्नेमा मन्त्रिपरिषद्ले पठाएको असंवैधानिक अध्यादेश अध्ययन र त्यसको प्रभावकाबारेमा मुल्यांकन र परामर्शसमेत नगरेको उल्लेख छ । त्यस्तै राष्ट्रपति विद्या भण्डारीले हतारहतारमा जारी गरेको अध्यादेश प्रक्रियागत र सारभूत रूपमा नै गलत भएको पनि रिटमा भनिएको थियो ।

साभार : काठमाडौँ प्रेस

  • 1share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२
समाचार

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२
समाचार

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा : रवि लामिछाने

चैत्र २०, २०८२
समाचार

हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन

चैत्र १९, २०८२
समाचार

गृहमन्त्रीद्वारा कार्यालयमै सर्वसाधारणका गुनासा सुनुवाइ, समाधानका लागि पहल गर्ने प्रतिबद्धता

चैत्र १८, २०८२
समाचार

जनतासँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

चैत्र १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend