१३वैशाख,(एजेन्सी) : पाकिस्तानी पूर्व महिला क्रिकेट कप्तान साना मिरले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेकी छिन । पाकिस्तानी खेलकुदकी राजदुत समेत रहेकी सानाले अन्तराष्ट्रिय क्रिकेटबाट शनिबार सन्यास लिने घोषणा गरेकी हुन । ३४ वर्षीया सानाले २००५ मा अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेकी थिइन भने उनले पाकिस्तान को लागि एक सय ३७ खेलमा कप्तानी गरेकी थिइन । उनी बिश्व महिला क्रिकेटमा धेरै विकेट लिने चौथो खेलाडी हुन ।साना भन्दा अगाडी वेष्ट इन्डिजकी अनिसा मोहम्मद, भारतकी झुलन गोस्वामी, अष्ट्रेलियाकी क्याथरिन फिजप्याट्रि रहेकी छिन । उनी पाकिस्तानका लागि धेरै रन बनाउने खेलाडी पनि हुन । पाकिस्तानका लागि उनी एकदिवसिय क्रिकेटमा एक सय विकेट र एक हजार सर्वाधिक रन बनाउने पहिलो पाकिस्तानी खेलाडी हुन । यस्तै उनी टी २० मा एक सय विकेट लिने एक्लो पाकिस्तानी खेलाडी पनि हुन । उनले अन्तिम पटक पाकिस्तानबाट २०१९ मा लाहोरमा बंगलादेश विरुद्ध खेलेकी थिइन ।। ‘पछिल्ला केही महिनादेखि सन्यास लिने विषयमा सोच्दै आएको थिएँ ।तर निर्णय लिने यो नै सही समय ठानें त्यसैले आज सन्यासको घोषणा गरेकी हुँ,’ उनले बताइन ।

आफ्नो प्रतिकृया दिनुहोस्