२९ वैशाख, काठमाडौं : यूएई सरकार द्वारा त्यहाँ रहेका नेपाली कामदारहरुलाई तत्काल दुई वटा विमानमा नेपाल फिर्ता पठाइदिन लागेको भनि सोको अनुमति दिन नेपाल सरकारलाई पत्राचार दरेको छ ।परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए अनुसार ‘ अत्यन्त समस्यामा रहेका नेपालीहरुलाई दुई वटा विमानमा पठाउन लागेको जानकारी सहितको पत्र मन्त्रालयमा आएको छ,तर केही तयारी पुरा नगरी यूएईले बताएको मितिमै विमान आउन अनुमति दिने अवस्था अहिले नरहेको, उनले प्रस्ट पारेका छन् ।’

अहिलेको विकट समयमा श्रम गन्तव्य देशहरु बाट करिब २ लाख १० हजार ८७१ जना नेपाली नागरिकहरु लाई अनिवार्य रुपले फर्काउनुपर्ने बाध्यता रहेको मन्त्री ज्ञवालीले बताएका हुन् । विदेशबाट आउने सबै नेपालीको व्यवस्थापन गर्ने क्षमता सरकारसँग नभएको भन्दै ‘त्यसको लागि गृह मन्त्रालयले विशेष तयारी गरिरहेको मन्त्रि ज्ञवालीले भनेका छन् ।
भारतबाट पनि करिब २ लाख को संख्या मा नेपालीहरु स्वदेश फर्किन चाही रहेका छन् । भारतमा मंगलबार देखि श्रमिक रेल सेवा सञ्चालन मा आएपछि नेपालको सीमामा नेपाली नागरिकहरुको भिड थेग्न अप्ठयारो हुन् सक्ने हुँदा ‘त्यसको लागि नेपालले थप तयारी गर्नुपर्ने छ ।’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भनेका छन् ।



















आफ्नो प्रतिकृया दिनुहोस्