७ जेठ, काठमाडौं : पछिल्लो २४ घण्टामा २५ जना कोरोना भाइरस (covid-19) संक्रमित थपिएका छन् । कोरोना भाइरसको पीसीआर परीक्षणमा सात महिला र १८ पुरुषमा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा ले बताए अनुसार नेपालमा सङ्क्रमित सङ्ख्या ४२७ पुगेको छ।
बाँकेमा ६, धनकुटामा ५, कपिलवस्तुमा १३ र नवलपरासी पश्चिमको एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु तीनवर्षदेखि ४८ वर्षसम्मका रहेका छन् । उनीहरु मध्ये तीन जना ३, ४ र ६ वर्षका बालिकाहरु हुन् ।यो सँगै अहिलेसम्म ३८ वटा जिल्लामा कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ ।




















आफ्नो प्रतिकृया दिनुहोस्