२१ जेठ,धनुषा : जनकपुरधाम उपमहानगरपालिका -४ स्थित राधाकृष्ण मन्दिर नजिकबाट करिब ३० केजी लागूऔषध गाँजा जस्तो देखिने धुलो सहित नगराईन नगरपालिका-८ बस्ने ५५ वर्षीय भोगेन्द्र मिश्रालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको धुलो सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै महोत्तरी, एकडारा गाउँपालिका -५ स्थित रहेको कुखुरा फर्मबाट करिब १ सय ८० केजी लागूऔषध गाँजा मंगलबार राति प्रहरीले बरामद गरेको छ । उक्त फर्ममा लागूऔषध गाँजा लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट नगरपालिकाबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्