काठमाडौं,१५असार: राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय–संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका पाँच वटा विधेयकलाई सोमबार प्रमाणीकरण गर्नुभएको छ ।विधेयक प्रमाणीकरण भएसँगै यी ऐनहरू कार्यान्वयनमा आएका छन् ।
राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएका विधेय
कहरूमा आर्थिक वर्ष २०७७ र ७८ को सेवा र कार्यका लागि सङ्घीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक छन् ।
यसैगरी, अन्य विधेयकमा ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश, २०७७ लाई प्रतिस्थापन गर्न बनेको विधेयक रहेको जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले दिनुभयो । नेपालको संविधानले सङ्घीय संसद्बाट पारित भएका विधेयक प्रमाणीकरण गर्ने अधिकार राष्ट्रपतिलाई दिएको छ ।




















आफ्नो प्रतिकृया दिनुहोस्