Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

आन्तरिक उडानमा उत्साह–अन्तर्राष्ट्रिय उडान बढेन

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक २४, २०७७
In व्यापार
0

२४कात्तिक,काठमाडौँ : कोभिड–१९ महामारीका कारण छ महिनापछि शुरु भएको मुलुकको हवाई उडान आन्तरिकतर्फ उत्साहजनक रहेपनि अन्तर्राष्ट्रिय उडान बढ्न सकेको छैन । कोभिड महामारीको बढिरहे पनि दशैँ, तिहार, छठलगायत पर्वले आन्तरिक उडानमा यात्रुको सङ्ख्या सन्तोषजनक रहेको छ । गत भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान शुरु भए पनि अहिलेसम्म उडान सङ्ख्या बढ्न सकेको छैन ।

अन्तर्राष्ट्रिय उडान हुने कतिपय गन्तव्यमा सम्बन्धित मुलुकले उडान प्रतिबन्धका साथै नेपाल आउने भारतलगायत केही गन्तव्यको उडान स्थगित रहेकाले पनि अन्तर्राष्ट्रिय उडान बढ्न नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले अहिले आन्तरिकतर्फ ७० देखि ८० प्रतिशत र अन्तर्राष्ट्रिय उडानमा २० प्रतिशत मात्र उडान भइरहेको छ । उहाँले आन्तरिक उडान उत्साहजनक नै रहेपनि अन्तर्राष्ट्रिय उडान भने बढ्न नसकेको उल्लेख गर्नुभयो ।

आन्तरिक उडानका एयरलाइन्सले पनि आफ्नो उडान ‘अकुपेन्सी’ राम्रो रहेको र महत्वपूर्ण चाडपर्वले गर्दा पनि उडान उत्साहबद्र्धक रहेको बताएका छन् । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर, यती एयर, श्री एयरलगायत कम्पनीको उडान अकुपेन्सी सन्तोषजनक रहेको छ । बुद्ध एयरले दशँैयता आफ्नो उडानमा करिब ९० प्रतिशत अकुपेन्सी रहेको र यो सङ्ख्या क्रमशः बढ्दै जाने विश्वास लिएको छ । कम्पनीले अहिले दैनिक तीन हजार ५०० यात्रु उडाउँदै आएको छ ।

यता यती एयरलाइन्सको पनि उडान अकुपेन्सी ८५ देखि ९० प्रतिशत रहेको छ । यती एयरलाइन्सका हवाई सुरक्षा प्रमुख तथा प्रवक्ता सुदर्शन बर्तौलाले आन्तरिक उडानमा चाड पर्वले गर्दा पनि अहिले उत्साहबद्र्धक रहेको छ । हवाई उडानको भाडादर पनि सस्तो भएकाले धेरै मानिसले जहाज चढिरहेका छन् । महामारीकाबीच लामो यात्रामा सङ्क्रिमत हुने खतरा रहेकाले यात्रुको पहिलो रोजाइ जहाज हुने गरेको छ । तुलनात्मक रुपमा जोखिम कम हुने भएकाले पनि हवाई उडानको आकर्षण बढेको हो ।

आन्तरिक उडानका यात्रु विभिन्न गन्तव्यमा जान थालेपछि यात्रुको सङ्ख्या बढेको छ । अहिले पर्यटनको महत्वपूर्ण समय पनि भएकाले पारिवारिक, समूहगत तथा व्यक्तिगत रुपमा पनि धेरै सङ्ख्यामा आन्तरिक पर्यटक विभिन्न गन्तव्य पुग्ने गरेकाले हवाई कम्पनीलाई राहत मिलेको छ । यतिबेला पदयात्रा, पर्वतारोहणका साथै विभिन्न क्षेत्रमा घुमफिरका लागि धेरै सङ्ख्यामा पर्यटक निस्केका छन् । पछिल्लो समय नेपालमा कोभिड महामारीको सङ्क्रमण दर उच्च रहेको छ ।

वायुसेवा प्रदायक कम्पनीले महामारीबाट बचेर सुरक्षित उडानका लागि स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै सुरक्षित उडान सञ्चालन गरिरहेका छन् । नेपाल सरकार तथा विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्य मापदण्डलाई आत्मसाथ गरी यात्रुको सुरक्षाका लागि आवश्यक प्रक्रिया अपनाएर सेवा सञ्चालन गरिएको कम्पनीले जनाएका छन् । आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् । अन्तर्राष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले उडान गर्छन् ।(रासस)

  • 37shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

व्यापार

जनकपुरधाममा दशैं लक्षित सस्ता बजारको तयारी सुरु

भदौ १८, २०८२
व्यापार

‘सगर ग्यास’का तीन हजार ३० सिलिन्डर नष्ट गरियो

भदौ ८, २०८२
व्यापार

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सा देखि रेस्टुरेन्ट सम्म उपयुक्त

असार २३, २०८२
व्यापार

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

असार २२, २०८२
व्यापार

पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि

असार १६, २०८२
व्यापार

श्रेष्ठ टेलरिङ्ग सेन्टरले मनायो आफ्नो ५० औं वार्षिकोत्सव

असार १४, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

कार्तिक २४, २०८२

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend