४मंसिर,धनुषा: लवकुश बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभाको अवसरमा मिथिला बिहारी नगरपालिकाका नगर प्रमुख अनिल यादवले तराईका महिलाहरु मा सिर्जनात्मक सोचाइ ले गर्दा बचत गर्ने बानीमा जागरुकता आउन लागेको भन्दै सहकार्य तथा उत्पादनमुखी कार्यमा जोड दिन आग्रह गरेका छन।

संस्थाका अध्यक्ष सीता कुमारी साहको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख यादवले ‘‘कर्जाबाट जोगाउने संस्था हो सहकारी संस्था,,थोरै थोरै रकम जम्मा गरी ठूलो व्यापार गर्ने क्षमता महिलाहरुमा अभिवृद्धि भएको छ ’’ यस् सहकारी संस्थाहरुमा जम्मा सदस्य संख्या ३०५मा सबभन्दा बढी महिलाको सहभागिता ३०५जना र १५ जना शेयर सदस्य पुरुषमात्र भएकोले महिलालाई प्राथमिकतामा राखी सहकार्यमुखी आयआर्जन संग जोडन भनेका छन ।

साथै उनले स्थानीय सरकारले स्थानीय सहकारीलाई सक्दो उत्थानमा जोडदिने रणनीतिका साथ अगाडि बढिरहेको बताउदै सहकारीले महिलालाई बलियो बनाउनमा मद्दत पुगेको ठोकुवा पनि गरेका छन् ।त्यस्तै उक्त कार्यक्रममा मत्सय सहकारीका राष्ट्रिय उपाध्यक्ष तथा जसपाका केन्द्रिय सदस्य सदस्य संजय कुमार साहले प्रदेशमा सहकारीको संंख्यामा वृद्धि भएको दावी गर्दै प्रदेश सरकारले सहकारी मार्फत कार्य गरेमा समृद्धि प्रदेश बन्ने विश्वास व्यक्त गरेका छन।

लवकुश बचत तथा ऋण सहकारीको वार्षिक सभा सम्पन्नतामा मिथिला बिहारी नगर पालिका वार्ड नं.८का वार्ड अध्यक्ष जिवछ यादव,स्थानीय रामचन्द्र साह लगायतका स्थानीय व्यक्तिहरुले शुभकामना दिदैं आ-आफ्नो मन्तव्य राखेका थिए।


आफ्नो प्रतिकृया दिनुहोस्