Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

प्रधानमन्त्री रोजगार कार्यक्रम : रोजगारी पाउने को संख्या बढ्दो

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार २८, २०७८
In सरकार
0

काठमाडौँ,२८ असार : प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत गत आर्थिक वर्ष २०७६/७७ को तुलनामा चालु आव २०७७/७८ मा रोजगारी पाउनेको संख्या र कार्यदिन दुवै उल्लेखनिय मात्रामा बढेको छ । कार्यक्रम मार्फत गत आवमा एक लाख पाँच हजार ३६५ व्यक्तिलाई रोजगारी दिएकामा यो आ.व.मा हालसम्म एक लाख ५५ हजार ५५९ जनाले रोजगारी पाएका छन् । त्यस्तै गत आवमा रोजगारी पाएका एक व्यक्तिको औसत १६ कार्यदिन रहेकामा यो वर्ष औसत ६० कार्यदिन पुगेको छ ।

रोजगार कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशक सुमन घिमिरेले तीन वर्षको तुलनामा यो वर्ष रोजगारी पाउनेको संख्या र कार्यदिन उल्लेखनीय मात्रामा बढे पनि कोरोनाका कारण लक्ष्य अनुरुप सफलता पाउन नसकिएको बताउनुभयो । आव सकिन अझै केही दिन अझै बाँकी रहेको तथा केही स्थानीय तहले सबै विवरण पठाई नसकेकाले यो संख्यामा थप बढोत्तरी हुने उहाँको भनाइ छ ।

यसअघि कार्यक्रमका लागि खर्च हुने सबै रकम केन्द्रबाट पठाउने गरिएकामा यस पटक स्थानीय सरकारले पनि कार्यक्रममा साझेदारी गर्नुपर्ने नयाँ नीतिगत व्यवस्था गरिएको थियो । सो निर्णय गत असोजमा गरियो । स्थानीय निकायको बजेट गत वर्षकै असारमा बनिसकेकाले समेत कार्यक्रमलाई केही प्रभाव पारेको छ ।नेपालको संविधानको धारा ३३ ले रोजगारीको हकलाई मौलिक हकका रुपमा समावेश गरेसँगै सोही मौलिक हकको कार्यान्वयन गर्न रोजगारीको हक सम्बन्धी ऐन, २०७५ जारी भयो ।

सो ऐनले प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्रको स्थापना गरी बेरोजगारहरुको पहिचान र सूचीकरण गर्ने र रोजगार सेवा केन्द्रमा सूचीकृत भएका बेरोजगार व्यक्तिहरूलाई एक आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारी प्रत्याभूति गरिने व्यवस्था गरेको छ । यसरी न्यूनतम रोजगारी प्रदान गर्न नसके नेपाल सरकारले हरेक बेरोजगार परिवारलाई एकजना श्रमिकले एक सय दिन काम गर्दा प्राप्त गर्ने न्यूनतम पारिश्रमिकको ५० प्रतिशत रकम निर्वाह भत्ता दिनुपर्ने व्यवस्था छ ।

कार्यक्रम निर्देशक घिमिरेले चालु आवमा आफूहरु बेरोजगार रहेको भन्दै कार्यक्रममा सहभागिताका लागि सात लाखको निवेदन परे पनि लक्ष्य नै दुई लाख रहेकाले सबैलाई समेट्न नसकेको जानकारी दिनुभयो । यस्तै रोजगार नभए निर्वाह भत्ता वितरणका सवालमा सबै व्यक्तिको आयस्रोतको तथ्याङ्क नभएकाले को वास्तविक रुपमै खान लाउन नपुग्ने विपन्न वर्गको हो भन्ने छुट्याउन समस्या परेको उहाँको भनाइ छ ।

विदेशको अनुभवले पनि यस्ता कार्यक्रम संस्थागत स्वरुप ग्रहण गर्न केही समय लाग्ने गरेको दृष्टान्त प्रस्तुत गर्दै घिमिरेले सबै स्थानीय तह र वडाको कार्यक्रममा अपनत्व र क्रियाशीलता आवश्यक रहेकामा जोड दिनुभयो । कार्यक्रममा जाथाभावी रकम खर्च भएको गुनासोपछि एकरुपता कायम गर्ने प्रयास भइरहेको छ । रोजगारीका नाममा गाईवस्तु धपाउने, झार उखल्ने, बाँदर लेखेट्ने जस्ता काममा राज्य कोषको अर्बौं रूपैयाँ बाँडिएको भन्दै आलोचना भएको थियो ।

यसलाई यो वर्षको बजेट मार्फत कार्यक्रम अन्तर्गत स्थानीय स्तरमा सञ्चालन हुने सडक, भवन, नदी नियन्त्रण, सिँचाइ, वृक्षरोपण जस्ता काममा लगाउन पाइने उल्लेख गरी कडाइ गर्ने कोसिस गरिएको छ । आगामी आ.व.का लागि रु १२ अर्ब विनियोजन गरेर दुई लाख व्यक्तिलाई १०० दिनको रोजगारी दिने पनि बजेटमा उल्लेख छ । पाँच वर्षभित्रमा बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य गर्ने लक्ष्य सहित सरकारले २०७५ फागुन १ गते घोषणा गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम सार्वजनिक गरेको थियो ।(रासस)

  • 18shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

सरकार

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२
सरकार

सरकारी सञ्चार माध्यमबाट मात्रै सूचना प्रकाशन गर्न निर्देशन

चैत्र १९, २०८२
सरकार

कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय

चैत्र १३, २०८२
सरकार

१ लाख रुपैयाँ सम्म ऋण मिनाहा गर्ने सरकारको तयारी

माघ ६, २०८२
सरकार

मन्त्रिपरिषद् बैठक : भूमि आयोग खारेज, इलाम संकटग्रस्त जिल्ला घोषणा

अशोज २३, २०८२
सरकार

असोज १९ र २० गते सार्वजनिक विदा

अशोज १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा नियुक्त, विकासलाई गति दिने अपेक्षा

भदौ २९, २०८३

आजको कन्या राशिफल

भदौ २९, २०८३

आजको धनु (Sagittarius) राशिफल

भदौ २९, २०८३

आजको सिंह (Leo) राशिफल

भदौ २९, २०८३

आजको मेष (Aries) राशिफल

भदौ २९, २०८३

प्रधान सेनापति अशोक राज सिग्देल चीनतर्फ प्रस्थान, बेइजिङ सियाङसान फोरममा सहभागी हुने

भदौ २८, २०८३

जनकपुर उपमहानगरमा प्रशासनिक लाचारी: ब्युरोक्रेसी सुस्त, सडक बत्ती ‘बेपत्ता’ र ई-रिक्सा अस्तव्यस्त

भदौ २८, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend