१९ चैत,काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरकारी खर्चमा मितव्ययिता कायम गर्दै सूचना प्रवाहलाई एकरूप र पारदर्शी बनाउन अब सरकारी स्वामित्वका सञ्चार माध्यम मार्फत मात्र सूचना प्रकाशन तथा प्रसारण गर्न निर्देशन दिएको छ।
चैत १८ गतेको सचिव स्तरीय निर्णय अनुसार संघ, प्रदेश र स्थानीय तहअन्तर्गतका सबै सार्वजनिक निकायलाई उक्त व्यवस्था लागू गर्न भनिएको हो।निर्देशनमा सार्वजनिक खरिद लगायत सबै प्रकारका सूचना अब गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजनजस्ता सरकारी सञ्चार माध्यममै प्रकाशन तथा प्रसारण गर्नुपर्ने उल्लेख छ।
त्यस्तै, सरकारी वा सार्वजनिक कोषबाट गरिने भुक्तानी सम्बन्धित सञ्चार संस्थाको खातामा सिधै जम्मा हुने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ। प्रकाशन तथा प्रसारणका दर तथा छुट सम्बन्धी व्यवस्था सम्बन्धित सञ्चार माध्यमबाट आधिकारिक रूपमा स्वीकृत हुनु पर्ने पनि स्पष्ट पारिएको छ।




















आफ्नो प्रतिकृया दिनुहोस्