Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मटिहानीमा आजदेखि राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
फाल्गुन १५, २०७८
In समाचार
0

१५ फागुन,महोत्तरी : महोत्तरीको मटिहानीमा आजदेखि सामुदायिक विद्यालयहरुको सहभागितामा चौथो नगर स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु भएको छ । मटिहानीको रंगशालामा आयोजित उक्त प्रतियोगिताको समुद्घाटन नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले गरेका थिए।

खेलको समुद्घाटन गर्दै नगर प्रमुख मण्डलले मटिहानीमा विकाशको हिसाबले नयाँ शहरको रुपमा पूर्वाधार तथा संरचनाहरु थपिदै गएको बताउँदै उनले खेलकूदको विकास तथा राष्ट्रको क्षवि उच्च बनाउन योगदान दिन सक्ने खिलाडीहरुको भूमिकालाई सबल बनाउने क्रमले तीब्रता पाएको उल्लेख गरे।

राम मा.वि.,राजकीय संस्कृत मा.वि.,लक्ष्मी नारायण मा.वि.लगायत सिर्सिया तथा मझौराका विधालयमा १८ वर्ष भन्दा मुनि र कक्षा १२ सम्म अध्ययनरत् ५ वटा विधालयका विद्यार्थीहरुलाई केन्द्र बिन्दु बनाई मटिहानी नगरपालिकाले संचालन गर्ने सो भलिबल प्रतियोगिता दुई दिन सम्म चल्ने छ। उक्त नगर स्तरीय प्रतियोगितामा आयोजक द्वारा छुट्टा छुट्टै प्रथम ,द्वितीय र तृतीय हुने विधालयहरु लाई ट्रफी र नगद पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिने छ।

कार्यक्रमको समुद्घाटनको अवसरमा निमित प्रमुख प्रशासकीय अधिकृत राजेश कुमार शर्मा, पूर्व गाविस अध्यक्ष श्री राम कुमार मण्डल,पत्रकार , विभिन्न दलका प्रतिनिधि, प्रधान अध्यापकहरु , नागरिक समाज ,बुद्धिजीवी तथा वड़ा नं . ७ का वड़ा अध्यक्ष जीतनारायण माझी, वड़ा नं . ८ का वड़ा अध्यक्ष गणेश प्रसाद साह , वड़ा नं . १ का वड़ा अध्यक्ष शिवशंकर कुमार राय , वड़ा नं . ४ का वड़ा अध्यक्ष मईनुद्दीन राईन , शिक्षा संयोजक श्री चन्देश्वर साह लगायत विद्यालयका व्यवस्थापन समितिका अध्यक्षहरु सहभागी रहेका थिए ।

  • 38shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२
समाचार

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२
समाचार

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा : रवि लामिछाने

चैत्र २०, २०८२
समाचार

हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन

चैत्र १९, २०८२
समाचार

गृहमन्त्रीद्वारा कार्यालयमै सर्वसाधारणका गुनासा सुनुवाइ, समाधानका लागि पहल गर्ने प्रतिबद्धता

चैत्र १८, २०८२
समाचार

जनतासँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

चैत्र १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend