१० जेठ, (धर्मराज): जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित मनोज कुमार साहले जिम्मेवारी सम्हालेका छन । जिल्ला न्यायधिश तथा मुख्य निर्वाचन कार्यालय धनुषाका मुख्य निर्वाचन अधिकृत व्रजेश प्याकुरेलले उनलाई पद तथा गोपनियताको शपथ गराएका थिए।



जनकपुरधाम उपमहानगरपालिकाको अष्टावक्र हलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय द्वारा सामूहिक शपथ ग्रहण कार्यक्रममा जिल्लाका १ उपमहानगरपालिका, ११ नगरपालिका र ६ गाउँपालिका प्रमुखले सामूहिक रुपमा शपथ ग्रहण गरेका थिए । यसैबिच कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका नव निर्वाचित -नगर प्रमुख मनोज कुमार साहले सफाईको विकेन्द्रीकरण ,सुचना डेस्क प्रणाली तथा कर्मचारी नियुक्ति को पुर्वालोकन सम्वन्धि निर्णयमा हस्ताक्षर गरेका छन ।


साहले नगर प्रमुखको रुपमा पहिलो सम्बोधन गर्दै आफ्नो कार्यकाल नगरको समृद्धि र विकास मा केन्द्रित रहने बताएका छन्। आफुले पाएको जनमतको सम्मान गर्दै जनहीतमा काम गर्ने प्रतिवद्धता समेत जनाएका प्रमुख साहले नगरवासीलाई महसुस हुने गरि सबैलाई समेटेर अघि बढ्ने बताएका थिए।

नव-निर्वाचित मेयर साहको पदभार ग्रहण कार्यक्रममा जनकपुरधाम उप- महानगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रधुम्ण प्रसाद उपाध्यायले आगामी दिनमा उहाँको नेतृत्वमा जनकपुरधामका नागरिकलाई अवश्य सुशासन अनुभूति हुनेछ भनि उहाँ को सफल कार्यकाल को लागि शुभकामना समेत दिएका छन्।



















आफ्नो प्रतिकृया दिनुहोस्