Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

सीमित साधन स्रोतका बाबजुद नेपाली खेलाडीको योगदान महत्वपूर्ण : प्रधानमन्त्री

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक ३, २०७९
In समाचार
0

३ कात्तिक, गण्डकी :प्रधानमन्त्री शेरबहादुर देउवाले सीमित साधन स्रोतका बाबजुद खेलका माध्यमबाट नेपाली खेलाडीले पुर्याएको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ । नवौँ राष्ट्रिय खेलकुदको आज पोखरामा आयोजित समापन समारोहमा उहाँले नेपाली खेलाडीले राष्ट्रिय एवं अन्तर्राष्ट्रियरूपमा उत्कृष्ट प्रदर्शन गरी देशको गरिमालाई उँचो बनाएको बताउनु भयो ।

राज्यमा खेलको विशिष्ट महत्त्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले यसको विकासका लागि राज्यको लगानी सँगै निजी क्षेत्रको लगानी लाई पनि प्रोत्साहित गरिनु पर्नेमा जोड दिनु भयो । स्थानीय एवं प्रदेशस्तरमा खेलको विकासका लागि पूर्वाधार लगायत लाई प्राथमिकता दिनुपर्ने उहाँले बताउनु भयो । नवौँ राष्ट्रिय खेलकुदका सन्दर्भमा बनेका तथा स्तरोन्नति गरिएका पूर्वाधारको संरक्षण गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुद समापन समारोहमा बिहीबार मार्चपास गर्दै खेलाडीहरु ।तस्बिर :रोशन सापकोटा, रासस

नवौँ राष्ट्रिय खेलकुदलाई सम्पन्न गर्न खट्ने युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्ल गायतलाई प्रधानमन्त्रीले धन्यवाद व्यक्त गर्नुभयो । यस राष्ट्रिय खेलकुदले खेल क्षेत्रका लागि विशष्ट योगदान गरेको बताउँदै उहाँले राष्ट्रिय खेलकुदलाई नियमित र व्यवस्थित गर्दै लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो । नवौँ राष्ट्रिय खेलकुदका क्रममा ज्यान गुमाएका प्याराग्लाइडिङका खेलाडी निमिस थापाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै प्रधानमन्त्रीले शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभयो ।

पोखरा रंगशालामा नवौं राष्ट्रिय खेलकुदको समापन समारोहमा बिहीबार आगामी दशौं राष्ट्रिय खेलकुद आयोजनाको जिम्मेवारी पाएका कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर विसिलाई दशौँ राष्ट्रिय खेलकुदको झण्डा हस्तान्तरण गर्नुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवाले ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले नवौँ राष्ट्रिय खेलकुद नेपाली खेल क्षेत्रका लागि महत्त्वपूर्ण बनेको बताउनुभयो । गण्डकी प्रदेशमा सम्पन्न यस प्रतियोगिताले खेल क्षेत्रमा नयाँनयाँ प्रतिभा समेत स्थापित गरेको उल्लेख गर्दै उहाँले गण्डकी प्रदेशको खेलको सम्भावनालाई थप उजागर गरेको बताउनुभयो । खेल क्षेत्रको विकास सरकारको प्राथमिकतामा रहेको बताउँदै उहाँले आगामी दिनमा यस क्षेत्रलाई अझै व्यवस्थित गर्दै लगिने विश्वास व्यक्त गर्नुभयो ।

पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुद समापन समारोहमा बिहीबार सम्बोधन गर्नुहुँदै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज।

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले नवौँ राष्ट्रिय खेलकुदले गण्डकीलाई खेलको केन्द्रका रूपमा स्थापित गरेको बताउनुभयो । खेललाई सम्पन्न गराउन योगदान गर्ने सबैप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतका खेल भव्यताका साथ सम्पन्न भएको बताउनुभयो ।

नवौं राष्ट्रिय खेलकुदको समापन समारोहमा बिहीबार पोखरा रंगशालामा आतिसबाजी गरिँदै।

राष्ट्रिय खेलकुद परिषद्को ११५औँ बोर्ड बैठकले आगामी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गण्डकी प्रदेशको राजधानीमा सम्पन्न खेलले यहाँको खेलका सम्भावनालाई उजागर गरेको बताउनुभयो । खेलकुदको समग्र विकासमा राज्यको ध्यान पुग्नुपर्नेमा उहाँले जोड दिनुभयो । (रासस)

  • 1share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२
समाचार

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२
समाचार

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा : रवि लामिछाने

चैत्र २०, २०८२
समाचार

हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन

चैत्र १९, २०८२
समाचार

गृहमन्त्रीद्वारा कार्यालयमै सर्वसाधारणका गुनासा सुनुवाइ, समाधानका लागि पहल गर्ने प्रतिबद्धता

चैत्र १८, २०८२
समाचार

जनतासँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

चैत्र १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend