काठमाडौं : संघीय संसदको बर्षे अधिवेशन अन्त्य भएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले, मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसदका दुबै सदनको चालु अधिवेशन आज राती १२ : ०० बजेदेखि अन्त्य भएको घोषणा गरेका हुन् ।
एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा चालु अधिवेशनको अन्त्य हुने जानकारी दिएका हुन् । गत वैशाख २४ गतेबाट शुरु भएको अधिवेशन बजेट संग सम्बन्धित लगायतका अन्य केही विधेयकहरुलाई पारित गरेर अन्त्य हुन लागेको हो ।
सरकारले गत असोज मसान्तमै बर्षे अधिवेशन अन्त्य गर्ने तयारी गरेपनि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको भ्रमण र संसदको संयुक्त बैठकलाई संवोधन गर्ने कार्यतालिका भएपछि जारी राखिएको थियो ।




















आफ्नो प्रतिकृया दिनुहोस्