२६ वैशाख, काठमाडौं: स्वतन्त्र सांसद अमरेश कुमार सिंहले गभर्नर नियुक्ति प्रक्रिया अवरुद्ध हुनुमा प्रधानमन्त्री केपी शर्मा ओली र सत्तापक्षका सभापति शेरबहादुर देउवा प्रत्यक्ष जिम्मेवार रहेको आरोप लगाएका छन्।
शुक्रबार प्रतिनिधि सभामा बोल्दै सांसद सिंहले दलीय भागबण्डाको झगडाले देशको आर्थिक क्षेत्र नै ध्वस्त पार्ने अवस्थामा पुगेको बताए। “एक जना गभर्नर नियुक्ति गर्न नसक्ने सरकार! कुरा त मन्त्रिपरिषद्को निर्णयबाट हुने हो। तर दुई ठूला दल भागबण्डामा अल्झिए। सरकारलाई न बैंकको चिन्ता छ, न अर्थतन्त्रको। दुबैको ध्यान आफ्ना कार्यकर्ता भर्नु र आर्थिक क्षेत्र कब्जा गर्नुमा मात्र छ,” उनले आरोप लगाए।
सिंहले थपे, “यो देश जनताको हो कि कार्यकर्ताको? दुई दलले आर्थिक क्षेत्र ध्वस्त पारेर अब देशै ध्वस्त पार्न सहमत भएको देखिन्छ।” त्यस्तै, उनले खेतीपातीको समयमा मल र बीउको चरम अभाव रहेको र मलको तस्करी भइरहेकामा सरकारलाई बेवास्ता गरेको बताए। “दूध, उखुको मूल्य नपाउने किसान समस्यामा छन्, र सरकार विचौलियाको मात्र सरकार बनेको छ,” उनले कटाक्ष गरे।
आफ्नो प्रतिकृया दिनुहोस्