Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

भूमिका श्रेष्ठलाई ब्लू डाइमण्ड सोसाइटी द्वारा सम्मान

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र २, २०८२
In प्रतिनिधि सभा
0

२ चैत,काठमाडौं । ब्लू डाइमण्ड सोसाइटीले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका तर्फ बाट प्रतिनिधित्व गर्दै प्रतिनिधि सभा सदस्यका रुपमा मनोनित भएकी भूमिका श्रेष्ठलाई सम्मान तथा विदाइ गरेको छ ।सोमबार सोसाइटीको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक प्रणाली मार्फत प्रतिनिधि सभामा मनोनित श्रेष्ठलाई सम्मान तथा विदाइ गरिएको हो ।


कार्यक्रममा सांसद श्रेष्ठले आदिवासी जनजाति, मुस्लिम, मधेसी,अपाङ्गता भएका व्यक्ति तथा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका हरेक आवाजहरुलाई सदनसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरिन् ।उनले भनिन्,‘आदिवासी जनजाति, मुस्लिम, मधेसी, अपाङ्गता भएका व्यक्ति तथा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका हरेक आवाजहरुलाई सदनसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु । भविश्यमा मैंले गर्नुपर्ने कामको लागि यहाँहरु सबैको साथ सपोर्ट रहन्छ भन्ने विश्वास लिएको छु।’


त्यस्तै उनले सञ्चार माध्यमले मुद्दा उठाइदिएको कारणले समुदायको प्रतिनिधित्व संसद सम्म पुग्न सफल भएको भन्दै विशेष धन्यावाद व्यक्त गरिन् ।सोसाइटीकी पूर्वअध्यक्ष पिंकी गुरुङले २४–२५ वर्षपछि लैङ्गिक अल्पसंख्यक समूदायको प्रतिनिधित्व सदनमा हुन लागेको यो अवसरले संघर्ष गरेपनि सफलता प्राप्त गर्न सकिँदैन् भन्ने अवस्था अन्त्य भएको धारणा राखिन् ।‘२४–२५ वर्ष पछि बल्ल हामीले यो अवसर पाएको छौं । हामीले संघर्ष गरे पछि सफलता प्राप्त गर्न सकिदैन भन्न सक्ने अवस्था चाँही रहेन’ उनले भनिन् ।


सडकका मुद्दाहरुलाई संगालेर र ती मुद्दाहरुलाई मनन गरेर सदनसम्म पुर्याउन भूमिकाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको विश्वास छ । साथै उनले सडकका मुद्दाहरुलाई संगालेर ती मुद्दाहरुलाई मनन गर्दै सदन सम्म पुर्याउने छन् । हाम्रो समुदायका अधिकारका पानाहरु लेखिने छन् । त्यो दिनको अपेक्षा गरेको छौं भन्ने धारणा राखिन ।

सो अवसरमा सोसाइटीकी कार्यकारी निर्देशक मनिषा ढकालले श्रेष्ठलाई कलम उपहार प्रदान गर्दै विभेदकारी कानुनहरु खारेज गर्न सुझाव दिइन् ।भूमिका श्रेष्ठ ब्लु डाइमण्ड सोसाइटीबाट ट्रान्सजेन्डर महिलाको रुपमा संसदमा पहिलो पटक प्रतिनिधित्व गर्दैछिन् ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रतिनिधि सभा

हामीले दलितहरुमाथि गरेको माफीको मूल्य न्यायले निर्धारण गर्छ :रवि लामिछाने

चैत्र १९, २०८२
प्रतिनिधि सभा

सर्वदलीय बैठक : सभामुखको निर्वाचन २२ गते हुने

चैत्र १८, २०८२
प्रतिनिधि सभा

नेपाल नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित

असार १४, २०८२
प्रतिनिधि सभा

प्रधानमन्त्री र सभापति नै गभर्नर नियुक्ति रोकिएको प्रमुख दोषी : सांसद अमरेश सिंह

बैशाख २६, २०८२
प्रतिनिधि सभा

जनकपुरधामको रंगशालामा चलखेल भए आन्दोलनमा उत्रिने चेतावनी: सांसद मनिष झा

बैशाख २५, २०८२
प्रतिनिधि सभा

मधेशी एवम थारु लगायत लाई राज्यले सँधै अन्याय गर्यो : महन्थ ठाकुर

बैशाख २२, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend