Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

हामीले दलितहरुमाथि गरेको माफीको मूल्य न्यायले निर्धारण गर्छ :रवि लामिछाने

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र १९, २०८२
In प्रतिनिधि सभा
0

१९ चैत,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलित समुदाय माथि भएको ऐतिहासिक अन्याय प्रति सरकारको तर्फबाट सार्वजनिक रूपमा माफी मागेका छन् ।बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आफ्ना मित्र खगेन्द्र सुनार निर्वाचित भएर सदनमा आएको प्रसंग उठाउँदै चुनावी दौडका क्रममा आएका विवादबारे उल्लेख गरे ।

उनले भने, ‘मेरा मित्र खगेन्द्र सुनार निर्वाचित भएर यहाँ आउनु भएको छ । चुनावी दौडमा रहँदा उहाँका विषयमा विवाद आयो । थाहा छैन, उहाँले गल्ती गर्नु भयो या भएन । तर उहाँले माफी माग्नु भयो । उहाँले गल्ती गर्नु भयो कि गर्नु भएन भन्ने अन्योल बीच पनि उहाँले छिट्टै माफी माग्नु भयो ।’

लामिछानेले त्यसलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै सिङ्गो देशलाई सम्बोधन गर्दै भने, ‘खगेन्द्र सुनारहरु माथि युगौंयुग सम्म गरेको अन्यायको लागि हामीले माफी माग्यौं ।’ उनले सदनबाट पहिलो पटक सामूहिक रूपमा ऐतिहासिक विभेद प्रति क्षमायाचना गरिएको दाबी गरे ।उनले भने, ‘यो केवल सामाजिक गल्ती थिएन, संगठित अपराध थियो ।’

उनका अनुसार शताब्दीयौँ देखि सीप भएका समुदायलाई अछूत ठान्ने प्रवृत्तिले देशको विकासमा अवरोध सिर्जना गरेको थियो । उनले अब जातका आधारमा कसैले पनि झुक्न नपर्ने उल्लेख गर्दै सरकारको तर्फबाट पुन: माफी मागेका हुन् ।

‘यो देश किन बनेन थाहा छ । किनकी जसका हातमा सिप थियो तिनलाई हामीले अछुत मान्यौं । अब कुनै पनि नेपाली जातका नाममा झुक्नुपर्ने छैन । म सिङ्गो पार्टी, सम्माननीय प्रधानमन्त्रीज्यू र सरकारको तर्फ बाट माफी माग्छु ।’ उनले माफीको मूल्य न्यायले निर्धारण गर्ने पनि बताए ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रतिनिधि सभा

नागरिक उड्डयन क्षेत्रको सुधारका लागि दुई विधेयक प्रतिनिधि सभामा दर्ता

अशोज २३, २०८३
प्रतिनिधि सभा

सर्वदलीय बैठक : सभामुखको निर्वाचन २२ गते हुने

चैत्र १८, २०८२
प्रतिनिधि सभा

भूमिका श्रेष्ठलाई ब्लू डाइमण्ड सोसाइटी द्वारा सम्मान

चैत्र २, २०८२
प्रतिनिधि सभा

नेपाल नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित

असार १४, २०८२
प्रतिनिधि सभा

प्रधानमन्त्री र सभापति नै गभर्नर नियुक्ति रोकिएको प्रमुख दोषी : सांसद अमरेश सिंह

बैशाख २६, २०८२
प्रतिनिधि सभा

जनकपुरधामको रंगशालामा चलखेल भए आन्दोलनमा उत्रिने चेतावनी: सांसद मनिष झा

बैशाख २५, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका साप्ताहिक उपलब्धि सार्वजनिक

अशोज २३, २०८३

नागरिक उड्डयन क्षेत्रको सुधारका लागि दुई विधेयक प्रतिनिधि सभामा दर्ता

अशोज २३, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज २२, २०८३

भारतीय सिनेमाका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

अशोज २२, २०८३

भोटेकोशी बाढी प्रभावित परिवारका लागि ‘समुन्नति कार्यक्रम’, मन्त्रालय र रेडक्रसबीच समझदारी

अशोज २०, २०८३

स्वास्थ्य मन्त्रीको राजीनामा माग्दै जनकपुरमा युवाहरूको राँके जुलुस, माग सम्बोधन नभए कडा आन्दोलनको चेतावनी

अशोज १९, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज १९, २०८३

सर्वोच्चको आदेशपछि जनकपुरका अस्पताल माथि प्रश्न ? “अस्पतालसँग अनुमति छ कि छैन?”

अशोज १७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend