Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जनकपुरधामको रंगशालामा चलखेल भए आन्दोलनमा उत्रिने चेतावनी: सांसद मनिष झा

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
बैशाख २५, २०८२
In प्रतिनिधि सभा
0

२५ वैशाख,काठमाडौं: जनकपुरधाम स्थित लक्ष्मण कुटीको नाममा रहेको खेलकुद मैदानमा हुने चलखेल विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले कडा चेतावनी दिएका छन्।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद झाले सो मैदानमा दलाल र विचौलियाको चलखेल भएको भन्दै यदि खेलाडीहरूको सपनामा कुनै अवरोध सिर्जना भयो भने आन्दोलनमा उत्रिने चेतावनी दिए।

उनका अनुसार सो १७ बिगाहा जमिनमा साढे दुई अर्ब लागतको अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणको डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) समेत तयार भइसकेको छ। गुठी संस्थानको स्वामित्वमा रहेको जमिनमा खेलकुद परिषद्ले वार्षिक ९ लाख रुपैयाँ भाडा तिरेको भए पनि हाल त्यो रकम एक्कासि ४९ लाख ६० हजार रुपैयाँमा बढाइएको छ।

“हामीले नेपालमा खेलकुद मैदानका लागि आन्दोलन भएको इतिहासमा सुनेका छैनौं,” सांसद झाले भने, “तर अब जनकपुरमा त्यो इतिहास बन्नेछ। यदि कुनै पनि दलाल वा विचौलियाले यो परियोजनामा बाधा पुर्‍यायो भने हामी सशक्त आन्दोलन गर्नेछौं।”

उनले जनकपुरधामको खेलकुद विकासलाई लिएर कुनै पनि सम्झौता नहुने स्पष्ट संकेत दिएका छन्।

  • 37shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रतिनिधि सभा

नागरिक उड्डयन क्षेत्रको सुधारका लागि दुई विधेयक प्रतिनिधि सभामा दर्ता

अशोज २३, २०८३
प्रतिनिधि सभा

हामीले दलितहरुमाथि गरेको माफीको मूल्य न्यायले निर्धारण गर्छ :रवि लामिछाने

चैत्र १९, २०८२
प्रतिनिधि सभा

सर्वदलीय बैठक : सभामुखको निर्वाचन २२ गते हुने

चैत्र १८, २०८२
प्रतिनिधि सभा

भूमिका श्रेष्ठलाई ब्लू डाइमण्ड सोसाइटी द्वारा सम्मान

चैत्र २, २०८२
प्रतिनिधि सभा

नेपाल नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित

असार १४, २०८२
प्रतिनिधि सभा

प्रधानमन्त्री र सभापति नै गभर्नर नियुक्ति रोकिएको प्रमुख दोषी : सांसद अमरेश सिंह

बैशाख २६, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका साप्ताहिक उपलब्धि सार्वजनिक

अशोज २३, २०८३

नागरिक उड्डयन क्षेत्रको सुधारका लागि दुई विधेयक प्रतिनिधि सभामा दर्ता

अशोज २३, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज २२, २०८३

भारतीय सिनेमाका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

अशोज २२, २०८३

भोटेकोशी बाढी प्रभावित परिवारका लागि ‘समुन्नति कार्यक्रम’, मन्त्रालय र रेडक्रसबीच समझदारी

अशोज २०, २०८३

स्वास्थ्य मन्त्रीको राजीनामा माग्दै जनकपुरमा युवाहरूको राँके जुलुस, माग सम्बोधन नभए कडा आन्दोलनको चेतावनी

अशोज १९, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज १९, २०८३

सर्वोच्चको आदेशपछि जनकपुरका अस्पताल माथि प्रश्न ? “अस्पतालसँग अनुमति छ कि छैन?”

अशोज १७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend