Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

सर्वोच्चका न्यायाधीश नियुक्तमा नेपाल बारको आपत्ति

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ १३, २०८१
In विशेष अदालतम/सर्वोच्च अदालत
0

१३ भाद्र,काठमाडौं: नेपाल बार एशोसिएशनले न्याय परिषद नियमावली २०७४ संशोधन अनुसार न्यायाधीश नियुक्तिको प्रक्रिया सरकारले अघि बढाएको भन्दै आपत्ति जनाएको छ ।

नेपाल बारका अध्यक्ष गोपाल कृष्ण घिमिरे र महासचिव अन्जिता खनालले बुधवार संयुक्त विज्ञप्ति जारी गर्दै संशोधनको विरोध भइरहेको अवस्थामा यही अनुसार न्यायाधीश नियुक्त नगर्न ध्यानाकर्षण पनि गराएको छ ।

सरकारले उच्च अदालत र सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउन लागेका खबर संचार माध्यममा सार्वजनिक भए पछि नेपाल बारले असहमति जनाएको छ ।

बारले निकालेको विज्ञप्तिमा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायापालिका, विधिको शासन, लोकतन्त्र र मानव अधिकार नेपाल वार एशोसिएशनका प्रमुख उद्देश्यहरु रहेको बताउँदै विगतमा हुने गरेका असंवैधानिक कदम र त्यस्ता कार्य गर्ने पदाधिकारका विरुद्धमा नेपाल बारले नेतृत्वदायी भूमिका निर्वाह गरेको, संविधान र कानून माथि हस्तक्षेप गर्ने जो कोही पदाधिकारी र त्यस्ता गलत निर्णयहरु लाई निस्तेज बनाएको ईतिहासको स्मरण गराइएको उल्लेख छ । 

नेपाल बार एशोसिएशनको सुर्खेतमा सम्पन्न बार्षिक साधारण सभा तथा चितवनमा सम्पन्न केन्द्रीय कार्यकारिणी परिषद्को बैठक र काठमाडौंमा भएको १६ औं अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन, २०८१ ले न्याय परिषद् नियमावली, २०७४ को (पहिलो संशोधन, २०८०) प्रति असहमति जनाउँदै अविलम्ब खारेज गर्न प्रधान न्यायाधीश र प्रधानमन्त्री लाई समेत ध्यानाकर्षण गराइएको उल्लेख गरिएको छ ।

बारले संशोधित नियमावली खारेज गरेर मात्र कानून व्यवसायीको सम्मानजनक उपस्थितिका साथ उच्च अदालत र सर्वोच्च अदालतका न्यायाधीश नियुक्त गर्न न्याय परिषद् संग माग गर्दै नियमावली खारेज नभए सम्म कडा आन्दोलन गर्ने चेतावनी बारले दिएको छ ।

न्याय परिषदले न्याय परिषद नियमावली २०७४ लाई संशोधन गर्दै मुख्य रजिष्ट्रार न्यायाधीशमा नियुक्त हुँदा स्वत: मुख्य पछिको वरियता पाउने व्यवस्था गरिए पछि बार अहिले पनि उक्त प्रवाधान प्रति असन्तुष्ट छ ।

राजपत्रमा प्रकाशित संशोधित नियमावलीमा ‘नेपाल न्याय सेवाको मुख्य रजिष्ट्रारको पदमा कार्यरत रही उच्च अदालतको न्यायाधीशको पदमा नियुक्ति भएको व्यक्तिको हकमा मुख्य न्यायाधीश पछिको क्रममा ।’ हुने उल्लेख छ ।

नियमावलीमा मुख्य रजिष्ट्रारको रूपमा कार्यरत रही उच्च अदालतको न्यायाधीशको पदमा नियुक्ति भएका व्यक्ति एक भन्दा बढी भएमा नियुक्ति मितिको आधारमा वरिष्ठता कायम हुने प्रावधान राखिएको छ ।

त्यस्तै सर्वोच्चमा रजिष्ट्रार (विशिष्ट श्रेणी/सचिव) भएको व्यक्ति उच्चमा न्यायाधीश नियुक्त भएमा उ विशिष्ट श्रेणीको पदमा नियुक्ति भएको मिति भन्दा पछि उच्च अदालतको न्यायाधीशको पदमा नियुक्त भएका व्यक्ति भन्दा अगाडिको वरियतामा हुनेछ ।

  • 19shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विशेष अदालतम/सर्वोच्च अदालत

त्रिपालबाटै मुद्दा सुनुवाई, देशभर २३ वटा अदालतमा क्षति

अशोज २, २०८२
विशेष अदालतम/सर्वोच्च अदालत

भ्रष्टाचार मुद्दामा मिडिया काउन्सिलका निलम्बित अध्यक्ष उपाध्याय दोषी ठहर, ६ महिना कैद र जरिवाना

असार ९, २०८२
विशेष अदालतम/सर्वोच्च अदालत

जन्मकैदको फैसलालाई उल्ट्याउने न्यायाधीशहरू माथि छानविन सुरु

असार ५, २०८२
विशेष अदालतम/सर्वोच्च अदालत

गृहमन्त्रीको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट

जेष्ठ ९, २०८२
विशेष अदालतम/सर्वोच्च अदालत

सर्वोच्च अदालतको न्यायाधीशमा निरौला र पाण्डे नियुक्त

कार्तिक २५, २०८१
विशेष अदालतम/सर्वोच्च अदालत

वस्तुनिष्ठ मूल्याङ्कनको आधारमा न्यायाधीश नियुक्ति गरिन्छ: प्रधान न्यायाधीश राउत

कार्तिक ६, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend