काभ्रेपलाञ्चोकको बनेपामा चण्डेश्वरी जात्रा धुमधामका साथ मनाइदैँ छ । वैशाख शुक्ल पूर्णिमामा मनाइने यो जात्रा काठमाडौँ नजिकैको बनेपा र आसपासका क्षेत्रमा रहेका नेवार समुदायले भव्य रूपमा मनाउने गर्छन् । जात्रामा बाजागाजासहित रथलाई चण्डेश्वरी सम्म लगेर देवीको मूर्तिलाई रथमा राखेर फर्कने चलन छ । हरेक वर्ष चण्डी पूर्णिमा देखि तीन दिनसम्म मनाइने यो जात्रा हिजोबाट सुरु भएको हो । (तस्बिर : बिजेन अमात्य)




















आफ्नो प्रतिकृया दिनुहोस्