३२ असार,काठमाडौं । नेपाल आयल निगमका अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेको छ । इन्डियन आयल कर्पोरेशन बाट ३१ असारमा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार मूल्य घटाइएको हो ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै निगमले पेट्रोल प्रति लिटरमा पाँच रुपैयाँ र डिजल÷मट्टीतेलमा १ रुपैयाँ मूल्य घटाएको जानकारी दिएको छ ।यस अघि पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ तथा डिजल र मट्टीतेल प्रतिलिटर १४९ रुपैयाँ थियो ।
परिवर्तित मूल्यसूची अनुसार अब पेट्रोल प्रतिलिटर १६० रुपैयाँ तथा डिजल र मट्टीतेल प्रतिलिटर १४८ रुपैयाँ कायम भएको छ ।खुद्रा विक्री मूल्यमा प्रति लिटर पेट्रोलमा ५ रुपैयाँ र डिजेल ÷ मट्टितेलमा प्रति लिटर १ रुपैयाँ ले घटाईएको छ ।
















आफ्नो प्रतिकृया दिनुहोस्