१८ चैत,काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको भए पनि नेपालमा पेट्रोल र डिजेलको खुद्रा मूल्य भने यथावत राखिएको छ।
नयाँ मूल्य अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य प्रतिलिटर ४१ रुपैयाँ र डिजेलको ९४ रुपैयाँ सम्म बढेको छ। तर, केही दिन अघि मात्रै न्यूनतम मूल्य समायोजन गरिएको भन्दै उपभोक्ता माथि थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले हालका लागि मूल्य स्थिर राखिएको नेपाल आयल निगमले जनाएको छ।
निगमका अनुसार बजारको अवस्थालाई निरन्तर निगरानीमा राखिएको छ र आवश्यक परेमा आगामी दिनमा मूल्य समायोजन गरिने छ।
















आफ्नो प्रतिकृया दिनुहोस्