Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

नाडा अटो शो : अटो लोन ब्याजदरमा प्रतिस्पर्धा, आठ बर्ष सम्मको प्याकेज

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ ७, २०८२
In बैं‌किङ खबर
0

(रस्मिता गिरी),काठमाडौं । १७ औँ संस्करणको ‘नाडा अटो शो २०२५’ मा उत्साहजनक सहभागिता भइरहेको छ । चार दिनमा अटो शो १ लाख ४ हजार ३ सय ४७ जनाले अवलोकन गरेको तथ्यांक छ ।

अवलोकनकर्ताहरु सवारी साधन खरिदका लागि आवश्यक पर्ने बैंकिङ लोन प्रक्रिया बुझ्न बैंकका स्टलहरुमा समेत झुम्मिएका छन् । सस्ता र आकर्षक व्याजदर एवम बैंकिङ प्रक्रियाबारे जिज्ञासा लिन अवलोकनकर्ता हरुले बढी चासो दिइरहेका छन् ।

बैंकिङ प्रणालीमा अधिक तरलता बढ्दै गइरहे पनि बैंक तथा वित्तीय संस्थाबीच सवारी कर्जा अर्थात अटो लोनको ब्याजदरमा समेत प्रतिस्पर्धा देखिन्छ । बैंकले अरुबेला अन्य क्षेत्रमा दिने लोन भन्दा सवारी कर्जा लोनमा केही छुट समेत दिइरहेका छन् ।

हिमालयन बैंककी अचल ढकाल बस्नेतले नाडा अटो शोमा विभिन्न बैंकको सवारी कर्जा ६ प्रतिशत बाट सुरु भएको बताउँछिन् । हिमालयन बैंकको बेसरेट ६.४८ रहेको उनले बताइन् । उनले प्रिमियम इभीमा ०.८ प्रतिशत लिएको जानकारी दिइन् ।

‘अटो लोनमा इभी र नन–इभी भनेर दुई क्याटोगरी छुट्याइएको छ । नाडा अटो शो मा न्यूनतम प्राइसिङ भनेको विभिन्न बैंकको ६ प्रतिशतबाट स्टार्ट भएको छ ।  हिमालयन बैंकको बेस रेट ६.४८ हो । प्रिमियम इभीमा ०.८, लिइरहेका छौँ,’ उनले भनिन् ।

उनले सवारी कर्जा अटो लोनमा नाडा स्पेशल भन्दै ओभरल प्याकेजिङ आठ बर्षका लागि राखिएको बताइन् । ‘लोन व्यक्तिगत र कम्पनी दुवैको नाममा लिने वा दिने गरिएको छ । इभी र नन–इभीको लागि सेप्रेट प्राइसिङ रेट राखिएको छ,’ उनले भनिन् ।

उनले भनिन् ‘ओभरअल याकेजिङ आठ बर्षको छ । र लोन प्रोसेसिङ फि भनेको ०.५ छ । आठ बर्षको प्याकेज नाडा अटो शो का लागि मात्र हो । अरू बेला आठ बर्ष दिने गरिएको छैन् । कागजात भनेको पर्सनल र कम्पनी दुवैको अनिवार्य हुन्छ ।’

त्यस्तै उनले पछिल्लो दुई बर्षमा ३०० बेसिस पोइन्टले तीन प्रतिशत बेसरेट घटेको बताइन् । अरू बैंकको बेस रेट बढ्ने क्रम भएता पनि हिमालयन बैकंको भने घट्ने क्रममा रहेको उनले बताइन् । नेपाल राष्ट्र बैंकको गाइडलाइन अनुसार नै काम भइरहेको उनले जानकारी दिइन् ।

त्यस्तै नाडा अटो शो को स्टलमा भेटिएका नबिल बैंकका विलिफ खनालले नाडालाई विशेष तार्गेट गरेर ६.७४ प्रतिशतमा अटो लोनमा फाइनान्सिङ गर्ने व्यवस्था मिलाइएको बताए ।आम्दानीको स्रोत हेरेर लोन सात वर्ष सम्मका लागि राखिएको भन्दै फिक्स रेट चाहेमा  ८.२५ प्रतिशतमा लोन प्रवाह गर्न सकिने उनको दाबी छ । उनले कागजातमा आम्दानीको स्रोत प्राथमिकताका साथ हेर्ने गरेको पनि बताए ।

उनले अहिले अटो शो मा क्रेडिट कार्डको सुविधा, लाइफ टाइम फ्री स्किम नबिल बैंकले सार्वजनिक गरेको भन्दै सेभिङ एकाउन्टमा इन्ट्रेस्ट रेट पनि हायर रेटमा दिन सकिने बताए ।अटो शोको अफरका रुपमा बैंकहरुले सेवा शुल्क ०.२५ प्रतिशत बिन्दुले घटाएको र  ब्याजदर ६ देखि ८ प्रतिशत बीचमा प्रतिस्पर्धा गरेका छन् । निश्चित र चल्ती दुवै ब्याजदरमा कर्जा दिने बैंकहरुले बताएका छन् ।

अटो शोमा कृषि विवास बैंकले ६.२३ प्रतिशतमै सवारी कर्जा उपलब्ध गराउने जनाएको छ । बैंकले व्यक्तिगत विद्युतीय गाडीमा मूल्यको ६० र व्यावसायिक गाडीमा मूल्यको ८० प्रतिशतसम्म कर्जा दिने अटो लोन योजना ल्याएको छ ।

लक्ष्मी सनराइ बैंकले साता वर्षका लागि फिक्स्ड ७.९९ प्रतिशत ब्याजदरमा मूल्यको ६० प्रतिशत सम्म कर्जा दिने जनाएको छ भने ग्लोबल आइएमईले ६.९९ प्रतिशत ब्याजदर सवारी कर्जा दिने जनाएको छ ।त्यस्तै सानिमा बैंकले सात वर्षका लागि फिक्स्ड ब्याजदर ८.१५ तोकेको छ । सेवा शुल्कमा ०.२५ प्रतिशत छुट दिएको छ ।

नेपाल एसबीआई बैंकले ७.९९ प्रतिशत ब्याजदरमा तीन वर्ष, ८.४९ प्रतिशतमा पाँच वर्ष र ८.९९ प्रतिशत ब्याज सात वर्षका लागि कर्जा उपलब्ध गराइने जनाएको छ । अटो शो मा फरक फरक प्रकृतिका सवारी साधनको खरिद फरक ब्याजदर तोकेका छन् । शो मा आधा दर्जन बैंकका स्टल छन् ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

बैं‌किङ खबर

३ लाख सम्मको ऋण मिनाहा तयारी, जनकपुरधाममा ऋणीलाई राहतको आशा

पुस ३०, २०८२
बैं‌किङ खबर

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२
बैं‌किङ खबर

कामना सेवा विकास बैंकको संस्थापक शेयर विक्रीमा

जेष्ठ २९, २०८२
बैं‌किङ खबर

महालक्ष्मी विकास बैंकको संस्थापक शेयर आज देखि विक्रीमा

जेष्ठ २६, २०८२
बैं‌किङ खबर

कुमारी बैंकको संस्थापक शेयर आज देखि बिक्रीमा

जेष्ठ २५, २०८२
बैं‌किङ खबर

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त

जेष्ठ २२, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend