Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जापानका प्रधानमन्त्रीसँग राष्ट्रपति पौडेलको शिष्टाचार भेट: द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
माघ २०, २०८२
In विशेष खबर
0

२० माघ,टोकियो, जापान । जापानको औपचारिक भ्रमणमा रहनु भएका राष्ट्रपति रामचन्द्र पौडेल र जापानी प्रधानमन्त्री तकाइची सनाय बीच आज टोकियोमा सौहार्दपूर्ण वातावरणमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। भेटका क्रममा राष्ट्रपति पौडेलले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीच गहिरो मित्रता र निकटता रहँदै आएको चर्चा गर्दै यस ऐतिहासिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन जापानी नेतृत्वसँग मिलेर काम गर्ने इच्छा व्यक्त गर्नु भयो।

राष्ट्रपति पौडेलले नेपालको विकास प्रयासमा जापान सरकारले निरन्तर दिँदै आएको सहयोग, सद्भाव र समझदारीप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि पारस्परिक सहयोगलाई थप प्रभावकारी बनाउने विश्वास दिलाउनु भयो।नेपाल र जापान बीचको कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सवलाई द्विपक्षीय सम्बन्धको एक महत्वपूर्ण ‘कोशेढुङ्गा’का रूपमा व्याख्या गर्दै राष्ट्रपति पौडेलले यस्ता उच्चस्तरीय भ्रमणको आदान-प्रदानले दुई देशबीचको मित्रतालाई थप मजबुत तुल्याउने बताउनु भयो।

भेटका क्रममा उहाँले जापानले द्विपक्षीय अनुदान, ऋण, बहुपक्षीय सहायता र प्राविधिक सहयोग मार्फत नेपालको मानव संसाधन विकास, स्वास्थ्य, कृषि, पूर्वाधार निर्माण, वातावरण संरक्षण र सांस्कृतिक सम्पदाको जगेर्नामा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो। साथै, नेपाल अति कम विकसित राष्ट्र (LDC) को श्रेणीबाट स्तरोन्नति हुने क्रममा रहेकोले यस चुनौतीपूर्ण संक्रमणकालमा जापानबाट पहिलेझैँ थप सहयोग र सद्भाव प्राप्त हुने अपेक्षा समेत उहाँले राख्नुभयो।

प्रत्युत्तरमा जापानी प्रधानमन्त्री तकाइची सनायले नेपालको राजनीतिक स्थिरता जापान र समग्र क्षेत्रकै लागि महत्वपूर्ण रहेको उल्लेख गर्नु भयो। सो अवसरमा प्रधानमन्त्री सनायले नेपालमा आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सफलताको कामना गर्दै जापानले उक्त निर्वाचनमा पर्यवेक्षक पठाउने महत्वपूर्ण घोषणा समेत गर्नु भयो।

दुई देशबीचको जनस्तरको सम्बन्ध निकै प्रगाढ रहेको चर्चा गर्दै उहाँले जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरूको बढ्दो संख्या र नेपाली हिमालहरू आरोहण गर्ने जापानी नागरिकहरूको सौखले यो मित्रतालाई झन् गाढा बनाएको धारणा व्यक्त गर्नुभयो।

प्रधानमन्त्री सनायले नेपाल र जापानबीचको कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउन जापान सधैं तत्पर रहेको बताउँदै विशेषगरी सूचना प्रविधिको क्षेत्रमा सहयोग विस्तार गर्न र नेपालको लोकतन्त्रलाई सुदृढ बनाउन निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार, भेटवार्तामा दुवै पक्षले क्षेत्रीय र अन्तर्राष्ट्रिय साझा चासोका विषयमा समेत संक्षिप्त छलफल गर्दै आगामी दिनमा सहकार्यलाई नयाँ ढंगले अगाडि बढाउने साझा संकल्प गरेका छन्।

  • 5shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विशेष खबर

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा नियुक्त, विकासलाई गति दिने अपेक्षा

भदौ २९, २०८३
विशेष खबर

बाढी प्रभावित जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी, सुरक्षाकर्मी जोखिम मोलेर मैदानमा

भदौ २२, २०८३
विशेष खबर

बाढी–पहिरोको विपद्मा सुरक्षाकर्मीको ‘अद्भुत साहस’: प्रधानमन्त्री बालेन शाहद्वारा उच्च प्रशंसा

भदौ २१, २०८३
विशेष खबर

प्रधानमन्त्री बालेन्द्र शाहको भावुक सन्देश : ‘हजुरहरूसँग यो राज्य छ, यो सरकार छ’

भदौ २०, २०८३
विशेष खबर

भोटेकोशी बाढी पछि पुन:स्थापना तर्फ सरकार अग्रसर: १ अर्ब निकासा, अन्तर्राष्ट्रिय सहयोग जारी

भदौ १६, २०८३
विशेष खबर

रसुवा बाढी: उद्धार तीव्र, ११ हजारभन्दा बढीको उद्धार र राहत वितरण जारी

भदौ १५, २०८३

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा नियुक्त, विकासलाई गति दिने अपेक्षा

भदौ २९, २०८३

आजको कन्या राशिफल

भदौ २९, २०८३

आजको धनु (Sagittarius) राशिफल

भदौ २९, २०८३

आजको सिंह (Leo) राशिफल

भदौ २९, २०८३

आजको मेष (Aries) राशिफल

भदौ २९, २०८३

प्रधान सेनापति अशोक राज सिग्देल चीनतर्फ प्रस्थान, बेइजिङ सियाङसान फोरममा सहभागी हुने

भदौ २८, २०८३

जनकपुर उपमहानगरमा प्रशासनिक लाचारी: ब्युरोक्रेसी सुस्त, सडक बत्ती ‘बेपत्ता’ र ई-रिक्सा अस्तव्यस्त

भदौ २८, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend