Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज १०, २०८३
In विशेष खबर
0

१० असोज भदौ शुक्ल पूर्णिमा,काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री वालेन्द्र शाह आज स्वदेश फर्कनु भएको छ।प्रधानमन्त्री शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले स्वागत गर्नु भएको थियो।

नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह असोज ६ गते संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्नु भएको थियो। उहाँ महासभाको उच्चस्तरीय सप्ताह अन्तर्गतका कार्यक्रममा सहभागी हुनु भएको हो।

प्रधानमन्त्री शाहसँगै परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार ब्यञ्जनकार, परराष्ट्र सचिव अमृत बहादुर राई लगायत प्रतिनिधि मण्डलमा सहभागी थिए। प्रधानमन्त्री शाह भन्दा अघि नै न्युयोर्क पुग्नु भएका परराष्ट्रमन्त्री खनाल भने महासभा अन्तर्गतका विभिन्न कार्यक्रममा सहभागी भइरहनु भएको उहाँको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री शाहले शुक्रबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नु भएको थियो। सम्बोधनका क्रममा उहाँले जलवायु न्यायलाई अन्तर्राष्ट्रिय दस्तावेजमा उल्लेख गरिने विषयमा मात्र सीमित नराखी प्रभावित मुलुक र समुदायको जीवनमा प्रत्यक्ष अनुभूति हुने गरी कार्यान्वयन गर्नु पर्नेमा जोड दिनु भएको थियो।

उहाँले जलवायुजन्य विपद्का कारण प्रभावित नागरिकलाई पटक–पटक विगतको पुनर्निर्माणमा मात्र सीमित नराखी आफ्नो भविष्य निर्माण गर्ने अवसर दिनुपर्ने धारणा राख्नु भएको थियो।प्रधानमन्त्री शाहले गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षति बारे महासभामा जानकारी गराउँदै उक्त घटना नेपालका लागि मात्र नभई विश्व समुदायका लागि समेत जलवायु परिवर्तनको गम्भीर चेतावनी भएको बताउनु भएको थियो।

जलवायु परिवर्तनले कुनै भौगोलिक सीमा नमान्ने उल्लेख गर्दै उहाँले हिमनदी र बाढीले ‘पासपोर्ट’मा ‘भिसा’ लगाएर यात्रा नगर्ने बताउनु भएको थियो। त्यसैगरी, नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालय जलवायु उत्थानशीलता संयन्त्र’ स्थापना गर्न उहाँले प्रस्ताव गर्नु भएको थियो।

अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस सँग पनि भेटवार्ता गर्नुभएको थियो। भेटमा महासचिव गुटेरेसले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति प्रति दुःख व्यक्त गर्दै जलवायु परिवर्तनका मुद्दामा संयुक्त राष्ट्रसङ्घ नेपालसँग ऐक्यबद्ध रहेको बताउनु भएको थियो।

भेटका क्रममा प्रधानमन्त्री शाहले नेपाल प्रति देखाएको सद्भाव र सहयोगका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिनु भएको थियो। उहाँले महासचिव गुटेरेसको सफल कार्यकालका लागि शुभकामना समेत व्यक्त गर्नुभएको थियो।(pmonepal)

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विशेष खबर

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोडभन्दा बढी मौज्दात, बाढीपीडितका लागि १ अर्ब निकासा

अशोज ८, २०८३
विशेष खबर

भारी वर्षाको सम्भावनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहद्वारा नागरिकलाई सचेत रहन आग्रह

अशोज ७, २०८३
विशेष खबर

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्दै, वाग्ले कार्यवाहक प्रधानमन्त्री

अशोज ६, २०८३
विशेष खबर

प्रधानमन्त्री शाह र मलेसियाली समकक्षी अनवर इब्राहिम बीच टेलिफोन संवाद

अशोज ६, २०८३
विशेष खबर

संविधान दिवसमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाह सहभागी

अशोज ३, २०८३
विशेष खबर

‘यो सुरुवात हो, अन्त्य होइन’ : संविधान दिवसमा प्रधानमन्त्री शाहको स्पष्ट सन्देश

अशोज ३, २०८३

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

अशोज १०, २०८३

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोडभन्दा बढी मौज्दात, बाढीपीडितका लागि १ अर्ब निकासा

अशोज ८, २०८३

भारी वर्षाको सम्भावनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहद्वारा नागरिकलाई सचेत रहन आग्रह

अशोज ७, २०८३

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्दै, वाग्ले कार्यवाहक प्रधानमन्त्री

अशोज ६, २०८३

प्रधानमन्त्री शाह र मलेसियाली समकक्षी अनवर इब्राहिम बीच टेलिफोन संवाद

अशोज ६, २०८३

संस्थागत सम्पत्ति हस्तान्तरणमा ढिलाइ, रेडक्रस धनुषाको ध्यानाकर्षण

अशोज ५, २०८३

आँजुरमे आकाश : सडकमा पोखिएको सपना, पसिना र कलाकारको संघर्ष

अशोज ४, २०८३

संविधान दिवसमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाह सहभागी

अशोज ३, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend