७ जेठ,रुपन्देही : २० वर्षीया विवाहित महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सैनामैना नगरपालिका-१ रानिकुवा बस्ने २६ वर्षीय श्याम शाही लाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । शाहीले ती महिलालाई उनकै कोठाभित्र पसी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




















आफ्नो प्रतिकृया दिनुहोस्