Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

पाकिस्तानमा २६ देशबाट भ्रमण गर्न प्रतिबन्ध

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ ३०, २०७८
In अन्तराष्ट्रिय
0

इस्लामावाद, ३० जेठ : पाकिस्तानमा २६ देशबाट भ्रमणका लागि आउन प्रतिबन्ध लगाइएको छ । कोरोनाभाइरसको महामारी थप फैलिन सक्ने आशंकाका कारण ती देशहरुबाट पाकिस्तान आउन प्रतिबन्ध लगाइएको हो । नेस्नल कमाण्ड एण्ड अपरेसन सेन्टर (एनसिओसि)ले अहिले बाहिरी देशहरुबाट मानिसहरुलाई आउन दिनु उपयुक्त नहुने निश्कर्ष निकालेको अधिकारीहरुले जनाएका छन् ।

पाकिस्तानले महामारीको प्रभावका आधारमा विभिन्न देशहरुलाई ए, बी र सी समूहमा वर्गीकरण गरेको छ । वर्गीकरण गरिएका मध्ये सी समूहमा परेकाहरुलाई पूर्ण रुपमा प्रतिबन्ध लगाइएको हो । अन्य ए र बी समूहमा परेका देशहरुबाट पाकिस्तान आउन चाहनेहरुलाई भने विभिन्न सर्त तथा मापदण्डहरु तय गरिएको छ । ती मापदण्ड पुरा गरेपछि आउन पाइने वा आएपछि ती मापदण्ड पालना गर्नु पर्ने सरकारी निकायको निर्णय रहेको छ ।

पाकिस्तान प्रवेश प्रतिबन्ध गरिएका देशहरुमा छिमेकी मुलुक भारतसहित इरान, बंगलादेश, भुटान, इन्डोनेसिया, इराक, माल्दिभ्स, नेपाल, श्रीलंका, फिलिपिन्स, अर्जेन्टीना, ब्राजिल, मेक्सिको, दक्षिण अफ्रिका, ट्युनिसिया, बोलिभिया, चिली, कोलम्बिया, कोस्टारिका, डोमिनिक गणतन्त्र, इक्वेडर, नामिबिया, पाराग्वे, पेरु, ट्रिनिडाड र टोवागो सँगसँगै उरुग्वे रहेका छन् । ती सबै देशहरुलाई पाकिस्तानले सी समूहमा राखेको छ । पाकिस्तानमा पछिल्लो २४ घण्टामा एक हजार १९४ जना कोरोनाभाइरसबाट संक्रमित थपिएका छन् भने ५७ जनाको मृत्यु भएको छ । (रासस/एएनआई)

  • 4shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तराष्ट्रिय

दुबईमा कुवेती तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा

चैत्र १८, २०८२
अन्तराष्ट्रिय

प्रधानमन्त्री बालेनलाई मोदीको शुभकामना— ‘तपाईंसँग सहकार्य गर्न उत्सुक छु’

चैत्र १३, २०८२
अन्तराष्ट्रिय

इरानको युद्धघोष: पर्यटकीय गन्तव्य देखि ऊर्जा केन्द्र सम्म निशानामा

चैत्र ७, २०८२
अन्तराष्ट्रिय

इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

चैत्र ३, २०८२
अन्तराष्ट्रिय

मोज्तबा खामेनेई इरानका नयाँ सर्वोच्च नेता, देशभर उत्सव

फाल्गुन २५, २०८२
अन्तराष्ट्रिय

दुबईमा ड्रोन खस्यो, अवस्था नियन्त्रणमा

फाल्गुन २३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्दै, वाग्ले कार्यवाहक प्रधानमन्त्री

अशोज ६, २०८३

प्रधानमन्त्री शाह र मलेसियाली समकक्षी अनवर इब्राहिम बीच टेलिफोन संवाद

अशोज ६, २०८३

संस्थागत सम्पत्ति हस्तान्तरणमा ढिलाइ, रेडक्रस धनुषाको ध्यानाकर्षण

अशोज ५, २०८३

आँजुरमे आकाश : सडकमा पोखिएको सपना, पसिना र कलाकारको संघर्ष

अशोज ४, २०८३

संविधान दिवसमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाह सहभागी

अशोज ३, २०८३

‘यो सुरुवात हो, अन्त्य होइन’ : संविधान दिवसमा प्रधानमन्त्री शाहको स्पष्ट सन्देश

अशोज ३, २०८३

१३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

अशोज २, २०८३

प्रधानमन्त्री शाहको जेन्जी सांसदलाई आग्रह : आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गरौँ

अशोज २, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend