Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

दुबईमा ड्रोन खस्यो, अवस्था नियन्त्रणमा

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
फाल्गुन २३, २०८२
In अन्तराष्ट्रिय
0

२३ फागुन,एजेन्सि: संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा क्षेत्रीय सुरक्षा तनावका बीच आकाशमा रोकिएका हवाई आक्रमणका अवशेष खस्दा एक सामान्य घटना भएको पुष्टि गरिएको छ । तर दुबईका अधिकारीहरूले स्थिति पूर्ण रूपमा नियन्त्रणमा रहेको बताएका छन् ।

दुबई मिडिया अफिसले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जारी गरेको वक्तव्यमा हवाई प्रतिरक्षा प्रणालीले आक्रमणलाई रोके पछि खसेको अवशेषका कारण सानो घटना भएको उल्लेख गर्दै कुनै पनि व्यक्तिलाई चोटपटक नलागेको स्पष्ट पारेको छ । साथै सामाजिक सञ्जालमा फैलिएका दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै घटना भएको भन्ने हल्ला पनि असत्य भएको बताइएको छ ।

यो घटना मध्यपूर्व क्षेत्रमा पछिल्लो समय बढ्दो सुरक्षा तनाव बीच भएको हो । शनिबार बिहान साउदी अरबको रक्षा मन्त्रालयका अनुसार साउदी वायु प्रतिरक्षा प्रणालीले देशको रणनीतिक शायबह तेल क्षेत्रतर्फ लक्षित नयाँ हवाई आक्रमण प्रयासलाई निष्क्रिय बनाएको छ ।

रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल तुर्की अल–मालिकीले चार अलग–अलग चरणमा प्रक्षेपण गरिएका १६ वटा ड्रोन ‘इन्टरसेप्ट’ गरी नष्ट गरिएको जानकारी दिएका छन् । ती ड्रोनहरू महत्वपूर्ण ऊर्जा संरचना तर्फ लक्षित गरी पठाइएको बताइएको छ ।

यसका साथै अल–खार्जस्थित प्रिन्स सुल्तान एयर बेस तर्फ प्रक्षेपण गरिएको एक ब्यालिस्टिक मिसाइल र एक क्रुज मिसाइल पनि वायु प्रतिरक्षा प्रणालीले खसालिदिएको मन्त्रालयले जनाएको छ । रियादको पूर्वी क्षेत्रमा उडि रहेको अर्को ड्रोन पनि ध्वस्त पारिएको छ । रियादबाट करिब ८० किलोमिटर टाढा रहेको अल–खार्ज क्षेत्र माथि लगातार तेस्रो दिन पनि आक्रमणको प्रयास भएको बताइएको छ । उक्त क्षेत्र साउदी अरबको प्रमुख औद्योगिक केन्द्रमध्ये एक हो ।

शायबह तेल क्षेत्र माथि भएको यो प्रयास फेब्रुअरी २८ यता पहिलो हो । सो समय देखि अमेरिका र इजरायलले इरान विरुद्ध ठूलो हवाई अभियान सुरु गरे पछि क्षेत्रीय तनाव तीव्र बनेको छ । त्यसको प्रतिक्रिया स्वरूप इरानले खाडी क्षेत्रका विभिन्न औद्योगिक तथा ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै आक्रमणको प्रयास गरिरहेको बताइएको छ ।

रुब अल–खाली मरुभूमिको गहिराइमा रहेको शायबह तेल क्षेत्र साउदी अरबको ‘सुपर–जायन्ट’ तेल क्षेत्रमध्ये एक मानिन्छ । यहाँको अत्याधुनिक प्रशोधन संयन्त्रले पेट्रोकेमिकल उद्योगका लागि प्राकृतिक ग्यास तरल पदार्थ (एनजीएल) आपूर्ति गर्ने महत्वपूर्ण भूमिका खेल्छ ।

पछिल्लो २४ घण्टाभित्र मात्र यूएईले १२५ भन्दा बढी ड्रोन र ६ वटा ब्यालिस्टिक मिसाइल रोकेको जनाएको छ । त्यस्तै शुक्रबार साउदी अरबले प्रिन्स सुल्तान एयर बेसतर्फ लक्षित पाँच मिसाइल र रियाद तथा अल–खार्ज क्षेत्रमा पठाइएका धेरै ड्रोन पनि नष्ट गरेको थियो ।

यी आक्रमण प्रयासहरूको अन्तर्राष्ट्रिय समुदायले कडा आलोचना गरेको छ । अरब लिग र इस्लामिक सहयोग संगठन (ओआईसी) ले पनि यस घटनाप्रति चिन्ता व्यक्त गरेका छन् । मार्च १ मा रियादमा बसेको खाडी सहयोग परिषद् (जीसीसी) का विदेशमन्त्रीहरूको आपतकालीन बैठकले सदस्य राष्ट्रहरूलाई आफ्नो भू–भागको रक्षा गर्ने पूर्ण अधिकार रहेको जनाएको थियो । त्यसपछि मार्च ३ मा साउदी युवराज मोहम्मद बिन सलमानको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले देशको सुरक्षा, नागरिक र पूर्वाधार जोगाउन आवश्यक सबै कदम चालिने स्पष्ट पारेको छ ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तराष्ट्रिय

दुबईमा कुवेती तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा

चैत्र १८, २०८२
अन्तराष्ट्रिय

प्रधानमन्त्री बालेनलाई मोदीको शुभकामना— ‘तपाईंसँग सहकार्य गर्न उत्सुक छु’

चैत्र १३, २०८२
अन्तराष्ट्रिय

इरानको युद्धघोष: पर्यटकीय गन्तव्य देखि ऊर्जा केन्द्र सम्म निशानामा

चैत्र ७, २०८२
अन्तराष्ट्रिय

इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

चैत्र ३, २०८२
अन्तराष्ट्रिय

मोज्तबा खामेनेई इरानका नयाँ सर्वोच्च नेता, देशभर उत्सव

फाल्गुन २५, २०८२
अन्तराष्ट्रिय

इजरायलद्वारा इरानमाथि आक्रमण, देशभर आपतकाल घोषणा

फाल्गुन १६, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend