Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

बाँदर द्वारा कृषक हैरान

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार ११, २०७८
In समाज
0

तानसेन, ११ असार : पाल्पामा बाँदरले खेती खाएपछि कृषक हैरान छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पामा जिल्लाका अधिकांश स्थानमा बाँदरले खेती खाएर कृषकलाई दुःख दिने गरेको स्थानीयवासीले जनाएका छन् । कृषकले खेतवारीमा लगाएका अन्नबाली खाने तथा बाँदर कुरेर बसेका कृषकलाई आक्रमण समेत गर्न थालेको छ । जिल्लाका उत्तरी क्षेत्र कालीनदी आसपास तथा जङ्गल नजिक रहेका बस्तीमा पसेर घरभित्रको अन्न समेत खाएर नष्ट पारेको कृषकको गुनासो छ ।

रामपुरको भुजात, आपचौर कटहरटार, एक्लेटार, प्याक्लुक, सेरा खटाङ, मलेङ, डिबिडी, बाहुनडाँडा, मौलाकालिका, सर्पराज लगायतका क्षेत्रमा कृषक बाँदरले खेती खाएपछि हैरान परेको गुनासो गर्छन् । रामपुर नगरपालिका—८ का कृषक कृष्णप्रसाद घिमिरेले लगाएको मकै नष्ट पारेपछि चिन्ता लागेको बताउनुभयो । मकै छर्दा माटोमै बिउ निकालेर खाने र उम्रिएपछि उखेलेर खाने तथा मकै पाकेपछि पनि खाने गरेको उहाँले बताउनुभयो ।

खेतमा लगाएका आलु, सिमी, बोडी, गोलभेँडा, प्याज लगायतका तरकारीदेखि आँप, लिचीलगायत फलफूल समेत बाँदरे नष्ट गरिदिएपछि किसनहरु हैरानमा परेका छन् । करीब एक सयको हाराहारीमा बाँदर आउने र पटकपटक लखेटे पनि दुःख दिन छाडेको छैन् । अहिले मकैलगायत बोडी, काँक्रा, भिन्डीलगायतका तरकारी खेतवारीमा छन् । अहिलेसम्म आलोपालो गरेर बाँदर बिहानदेखि बेलुकासम्म कुरेपनि खाना खाएका बेला मौका छोप्ने गरेको कृषक गोविन्दप्रसाद घिमिरेको भनाइ छ ।

केही खेतहरु बाँझै रहेको कृषक बताउँछन् । बगनासकाली गाउँपालिका पाल्पाले बाँदर नियन्त्रणका निम्ति बजेट विनियोजन गरेर बाँदर नियन्त्रण समिति गठन गरेपनि खासै प्रभावकारी हुन सकेन । रामपुर नगरपालिका पाल्पा बाँदर नियन्त्रणका लागी अनुरोध गर्दै दुई वर्षअघि नै कृषकले निवेदन दिएका थिए । नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले सोही वर्ष नै बाँदर नियन्त्रणका निम्ति रु तीन लाख बजेट विनियोजन गरे पनि कसरी लाग्ने मेसो नभएका कारण सो रकम विकास निर्माणका काममा खर्च गरिएको जानकारी दिनुभएको थियो ।

केहीवर्ष अघि बेसार खेती गर्नुभएका जानकी अहिले केरा बिक्रीबाट वर्षमा लाखौं आम्दानी गर्नुहुन्छ । वर्षेनी बाँदरले दुःख दिन थालेपछि त्यसक्षेत्रका कृषकले मकै खेती गर्नै छाडेको कृषक भट्टराई बताउनुहुन्छ । रम्भा गाउँपालिका—३ अगाहा खोला क्षेत्रमा भने महिलाले विकल्पको रुपमा निमुवा खेती गर्न थालेका छन् । बाँदरले कागती तथा निमुवा त्यति नरुचाउने भएका कारण पनि यसबाट आम्दानी लिन थालेको उनीहरुको भनाइ छ ।

यसअघि टोलटोलमा हेरालु राख्न सम्भव नभएको नियन्त्रण गरेर संरक्षण गर्न पनि नसकिएकाले र गाउँपालिकाले कार्यक्रम नै बनाएर वन्यजन्तु संरक्षण तथा नियन्त्रणको योजना बताएपनि त्यसको कार्यान्वयनमा समस्या भएको अध्यक्ष भण्डारीको धारणा छ । रम्भाका कृषकलाई शतप्रतिशत अनुदानमा धानको बिउ वितरण, पालिकाको केही क्षेत्रमा कृषकलाई कृषिमा प्रोत्साहित गर्दै बङ्गुरपालन, भैंसीपालन, तरकारी खेती, कुरिलो खेती तथा सूर्यमूखी खेती र फलफूल पकेट क्षेत्रका रुपमा विकास गरिनेमा जोड दिइएको पालिकाले जनाएको छ ।

पाल्पाको पूर्वखोलामा पनि बाँदरले खेती नष्ट पारेर हैरान पारेको क्षेत्रमा बेसार, अदुवालगायतका खेती गर्न पालिकाले प्रोत्साहित गर्दै आएको छ । पूर्वखोला गाउँपालिका ५ विरकोटमा करीब ३०० रोपनीभन्दा धेरै भिरालो खाली जग्गाहरुमा बेसार खेती गरिएको कृषक सावित्रा गैरे बताउनुहुन्छ । स्थानीय जिबिएच महिला कृषक समूहलाई पालिकाले पहिलो वर्ष रु एक लाख बजेट उपलब्ध गराएपछि करीब तीन वर्षअघिदेखि बेसार खेती थालिएको गैरेले बताउनुभयो ।

समूहका अनुगमन समिती संयोजक चन्द्रकुमार बर्मेलीले शुरुमा अर्घाखाँची जिल्लाबाट बेसारको बिउ ल्याएर खेती शुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा १३० क्विन्टल बिउ आवश्यक भएपनि ४० क्विन्टल बिउ तयार पारिएको थियो । समूहले आव २०७६÷७७ मा रु २३० देखि २४० का दरले रु ८० हजारको बेसार बिक्री गरेको थियो । महिला कृषक समूहले बेसार पिस्नी मेसिन खरीद गरी गाउँमै पिसानी कार्यबाट आयआर्जनको बाटो समेत रोजेको छ ।

दुई लाख रुपैयाँको कोष खडा गरी बचत गर्ने बानीको समेत विकास गरिएको महिलाहरुले बताएका छन् । स्थानीय स्तरमा उत्पादन भएको बेसार रुपन्देहीको बुटवलसम्म कृषकले बिक्रीका लागि पु¥याउने गरेका छन् । पाल्पाको तानसेन नगरपालिकाका केही स्थान, माथागढी, पूर्वखोला, बगनासकाली, निस्दी, तिनाउ गाउँपालिका र रामपुर नगरपालिकासँगै जिल्लाका अधिकांश पालिकाका कृषक बाँदरबाट हैरान बनेको गुनासो गर्छन् ।(रासस)

  • 24shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाज

संस्थागत सम्पत्ति हस्तान्तरणमा ढिलाइ, रेडक्रस धनुषाको ध्यानाकर्षण

अशोज ५, २०८३
धर्म

हर्षोल्लासका साथ मनाइँदै श्रीकृष्ण जन्माष्टमी: जनकपुरका गोपाल मन्दिर, पाटन र मथुरा-वृन्दावन सहित विश्वका मन्दिरहरूमा भक्तजनको घुइँचो

भदौ १९, २०८३
समाज

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३
समाज

मधेस प्रदेशमा भव्य रूपमा मनाइयो सन्त रविदास जयन्ती

माघ १८, २०८२
समाज

शंकर साह द्वारा व्याहुत सेवा समिति (कलवार कुट्टी)को अध्यक्ष पदमा उम्मेदवारी दर्ता

पुस २४, २०८२
समाज

तिहार नजिकिँदै गर्दा कुम्हाल समुदायमा चहलपहल : परम्परागत दियो सहित माटाका भाँडाकुँडा बनाउन व्यस्त

अशोज २६, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

संस्थागत सम्पत्ति हस्तान्तरणमा ढिलाइ, रेडक्रस धनुषाको ध्यानाकर्षण

अशोज ५, २०८३

आँजुरमे आकाश : सडकमा पोखिएको सपना, पसिना र कलाकारको संघर्ष

अशोज ४, २०८३

संविधान दिवसमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाह सहभागी

अशोज ३, २०८३

‘यो सुरुवात हो, अन्त्य होइन’ : संविधान दिवसमा प्रधानमन्त्री शाहको स्पष्ट सन्देश

अशोज ३, २०८३

१३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

अशोज २, २०८३

प्रधानमन्त्री शाहको जेन्जी सांसदलाई आग्रह : आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गरौँ

अशोज २, २०८३

बेखबर जनकपुरको खबर : मिश्राजी सेहो एहि बेर मेयर पदके प्रत्याशी बनताह ?

भदौ ३१, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend