१४ असार,अबुधावी :भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मंगलवार अबुधाबी आइपुग्नु भएको छ । अबुधाबीका पूर्व शासक तथा युएइका पूर्व राष्ट्रपति स्वर्गीय शेख खालिफा बिन जायद अल नाह्यान प्रति श्रद्धाञ्जली व्यक्त गर्न उहाँ अबुधाबी आउनु भएको हो । उहाँको गत मे १३ मा निधन भएको थियो ।
जर्मनीमा भएको जी ७ शिखर सम्मेलन सम्पन्न गरेर स्वदेश फर्किने क्रममा मोदीले अबुधाबीको भ्रमण तय गर्नु भएको हो । उहाँले अबुधाबीमा रहेका बेला वर्तमान नयाँ राष्ट्रपतिसँग भेटवार्ता पनि गर्ने जनाइएको छ । युएइका दोस्रो राष्ट्रपति खेश खालिफाको निधनपछि शेख मोहम्मद बिन जायद अल नाह्यान राष्ट्रपति बन्नु भएको छ ।
नवनियुक्त राष्ट्रपति शेख मोहम्मदलाई प्रधानमन्त्री मोदीले भेटेर बधाई समेत दिनु भएको छ । उहाँ युएईको तेस्रो राष्ट्रपति बन्नु भएको छ । अबुधाबीको शासक तथा युएईको राष्ट्रपतिमा निर्वाचित भएपछि खेश मोहम्मदसँग मोदीको पहिलो भेट हो । मोदीलाई स्वागत गर्न राष्ट्रपति खेश विमानस्थलमै पुग्नु भएको थियो ।

भेटवार्ताका क्रममा उहाँहरूले आपसी सहकार्य र सहयोग आदान प्रदानका बारेमा कुराकानी गर्नुका साथै आपसी सम्बन्ध थप बलियो बनाउने बारेमा पनि छलफल गर्नुहुने भारतीय विदेश मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।(रासस/एएनआई)




















आफ्नो प्रतिकृया दिनुहोस्