Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

लक्ष्मीपूजामा केराको बोटको बिक्री बढ्यो

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक ७, २०७९
In व्यापार
0

७ कात्तिक, महोत्तरी :मिथिला क्षेत्रमा लक्ष्मी पूजाको दिन स्वागत द्वार निर्माणका लागि केराको बोट (थाम) को बिक्री बढेको छ । मैथिली परम्परा अनुसार स्वागत द्वार निर्माणका लागि लक्ष्मी पूजामा केराको बोट प्रयोग गरिन्छ । वैदिकालदेखि नै प्रचलनमा रहेको यो परम्परा मिथिला लोक-संस्कृतिको अभिन्न अङ्ग नै बनिसकेको मिथिला संस्कृति र परम्पराका ज्ञाता जलेश्वर–८ बजराहीका ७० वर्षीय मनोहरनाथ पाठक बताउनुहुन्छ । केराका थामबाट बनाइएको स्वागत द्वारबाट लक्ष्मी गृह प्रवेश गर्ने जनविश्वास छ ।

आज दिनभर चतुर्दशी तिथी रहे पनि साँझ सूर्यास्त अघि औँशी तिथी सुरु हुने भएपछि आजै लक्ष्मी पूजा गरिन लागिएको हो । व्यापारिक प्रतिष्ठानले भने लक्ष्मी पूजाका अवसरमा केराको बोट खरिदका लागि अग्रिम बुकिङ गर्दै आएका छन् । जिल्लाको भङ्गाहा–४ रामनगरका किसान सत्यनारायण यादवले यसपटक रु २० हजारको थाम बिक्री भएको बताउनुभयो ।

जिल्लाका मुख्य बजार बर्दिबास, औरही, सीतापुर, मटिहानी, रामगोपालपुर, सम्सी, गौशाला, पिपरा, बलबा र जिल्ला सदरमुकाम जलेश्वर नगर सहितका बजारचोकमा किसानले बिक्रीका लागि केराका थाम पुर्याएका छन् । केराका बोट बिक्रीबाट राम्रो आम्दानी भएपछि तिहार मनाउन सहज भएको भङ्गाहा–६ हतिसर्वाको झपौल बस्तीकी किसान त्रिपुला ठाकुरले बताउनुभयो । बजारमा एकजोडा केराका बोट रु चारसय सम्म बिक्री भइरहेको छ ।

पर्व सुरु हुनु अघि नै करिब १० कट्ठामा रोपिएका केराका बोटको नयाँ कोथा बिक्री गरी रु ३० हजार लिइसकिएको बर्दिबास–९ पशुपतिनगरका किसान राम विनोद महतोेले बताउनुभयो । “केराका झ्याङ्मा एउटा बोटमा तीन वटा भन्दा बढी भएका कोथा छाँट्नै पर्ने हुन्छ, धेरै कोथा निस्किए केराका कोसा राम्ररी फस्टाउँदैनन्, घरी राम्रो लाग्दैन”, गौशाला नगरपालिका–१० लक्ष्मीनियाँका किसान अरुण कुशवाहाले भन्नुभयो, “छाँट्नु पर्ने कोथालाई हामी तिहार पर्खन्छौँ ।”

तिहार र छठ पर्व समेतमा जिल्ला भरि गत वर्ष केराका घरी र थाम समेत लाखौँ रुपैयाँको कारोबार भएको जलेश्वर उद्योग वाणिज्य संघले जनाएको छ । यस पालि एक साताअघि नै थाम सँगै पर्व विशेषकै लागि घरीको समेत खरिद बिक्री सुरु भएकाले कारोबार रकम अझै बढ्ने संघका अध्यक्ष लवराजा सिंहको अनुमान छ । (रासस)

  • 16shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

व्यापार

गोदावरीमा संचालनमा आयो अन्तर्राष्ट्रिय स्तरको बेस्ट वेस्टर्न प्लस रिसोर्ट

फाल्गुन १, २०८२
व्यापार

जनकपुरधाममा दशैं लक्षित सस्ता बजारको तयारी सुरु

भदौ १८, २०८२
व्यापार

‘सगर ग्यास’का तीन हजार ३० सिलिन्डर नष्ट गरियो

भदौ ८, २०८२
व्यापार

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सा देखि रेस्टुरेन्ट सम्म उपयुक्त

असार २३, २०८२
व्यापार

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

असार २२, २०८२
व्यापार

पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि

असार १६, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

संविधान दिवसमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाह सहभागी

अशोज ३, २०८३

‘यो सुरुवात हो, अन्त्य होइन’ : संविधान दिवसमा प्रधानमन्त्री शाहको स्पष्ट सन्देश

अशोज ३, २०८३

१३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

अशोज २, २०८३

प्रधानमन्त्री शाहको जेन्जी सांसदलाई आग्रह : आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गरौँ

अशोज २, २०८३

बेखबर जनकपुरको खबर : मिश्राजी सेहो एहि बेर मेयर पदके प्रत्याशी बनताह ?

भदौ ३१, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा नियुक्त, विकासलाई गति दिने अपेक्षा

भदौ २९, २०८३

आजको कन्या राशिफल

भदौ २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend