Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

‘होचो स्थानका होचै सपना’

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ २८, २०८०
In आलेख
0

जनकपुरधाम, २८ जेठ : नेपालको सबैभन्दा होचो स्थान धनुषाको मुसहरनिया हो भन्ने हल्ला चलेको धेरै भइसकेको छ । हल्ला चले पनि यहाँ सरकारी तवरबाट न कुनै आधिकारिक घोषणा सहित काम हुन सकेको छ न त स्थानीयबीच होचो स्थानका बारेमा एकमत छ । स्थानीय मध्ये कसैले मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ भोलाबाबा मन्दिर वरपर करिब साढे तीन बिघा क्षेत्रफलमा त कसैले वडा नं १ को दक्षिणबारी टोल नेपालकै होचो स्थान भएको दाबी गर्छन् तर दाबी गरिएका दुवै ठाउँमा पहिचान झल्किने कुनै प्रमाण भेटिदैन ।

स्थानीयवासी राम सोभार चनीले वडा नं २ मा होचो स्थान दाबी गनुभयो र भन्नु भयो, “यही ठाउँ हो नापेको । सुरुको चहलपहल हेर्दा अब केही हुन्छ कि जस्तो लागेको थियो, त्यो पनि कता गएर अड्कियो थाहा छैन । न स्थानीय सरकारले केही गर्यो न अरु कुनै संस्थाले नै ।” त्यस्तै वडा नं १ का स्थानीयवासी अशोक यादव होचो स्थान दक्षिणबारी टोलमै भएको दाबी गर्नु हुन्छ । “तपाईले पनि पढ्नुभएको होला होचो स्थान धनुषाको मुसहरनिया भनेर । वडा नं २ त तत्कालीन मुखियापट्टी हो”, अशोकले भन्नु भयो ।

होचो स्थानका विषयमा चासो राख्दै आउनु भएका मधेश प्रदेशसभा सदस्य रामसरोज यादवले पहिले वडा नं १ मा होचो स्थानबारे चर्चा भए पनि पछिल्लो पटक नापजाँच हुँदा वडा नं २ को पुर्नी पोखरी भैरवबाबा मन्दिर छेउमा होचो स्थान भेटिएको बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ,“पहिले वडा नं नम्बर १ का केही स्थान र सुदखोलामा पनि नापी भएको थियो तर खोला, दशगजा छेउमा नापेर त काम भएन । पछि यता नाप्दा वडा नं १ को भन्दा होचो देखियो ।

सोही अनुसार हामीले वडा नं २ मा होचो स्थान दाबी गरेर केही संरचना पनि बनाउन खोज्दैछौँ ।” वडा नं २ का अध्यक्ष नरेश प्रसाद यादवको पनि आफ्नै दाबी छ । “होचो स्थान वडा नं २ को पुर्नी पोखरी छेउमा हो । नापीका क्रममा पनि यो भनिएको हो । त्यही अनुसार यहाँ दृश्यवलोकन स्तम्भ लगायतका संरचना बनाउने कुरा पनि भएकै हो ।” दुबै वडाका स्थानीयवासी आ-आफ्नै ठाउँमा होचो स्थान भनेर दाबी रहेको छ ।

नापी विभाग खगोल तथा भूमापन महाशाखाका उप-निर्देशक अमिर प्रसाद न्यौपानेले भन्नु भयो, “पहिले झापाको केचनाकवल र अहिले धनुषाको मुसहरनिया होचो स्थान भनिदैछ । सरकारले कहिल्यै आधिकारिक घोषणा गरेको र गर्ने योजना पनि छैन । स्थानीयले दाबी गरिरहेको विषयमा केही भन्नु छैन ।” होचो स्थानका विषयमा स्थानीयस्तरमा फकरफरक ठाउँमा दाबी रहे पनि यहाँका नागरिकहरुको पीडा वर्षौदेखि सम्बोधन हुन सकेको छैन ।

यी दुबै टोल जमुनी, सिमरा र विगिही नदी छेउमा रहेकाले वर्षेनी नदी कटानको समस्याबाट स्थानीयवासी पीडित छन् । “होचो ठाउँ जहाँ भए पनि हामीले लाभ त केही पाइरहेका छैनौँ बरु पीडामाथि पीडा छ । वर्षायाममा चारैतर्फ चार/पाँच फिट पानी भरिन्छ, ज्यान जोखिममा पर्छ”, स्थानीय ८० वर्षिय रामवृक्ष यादवले पीडा सुनाउनु भयो । स्थानीय ज्येष्ठ नागरिक ७० वर्षिय रामाषिस रायले वर्षायाममा डुबानले मान्छे, घर तथा घरभित्र जोहो गरेका सामान जोखाउन मुस्किल हुने गरेको बताउनु भयो ।

अर्का स्थानीय पुरन यादव, संजिव यादव लगायतले नेपालको नक्सा हेरेर पनि मुखियापट्टी मुसहरनियाको दुर्दशा अनुमान गर्न सकिने बताउनु हुन्छ । वडा नं २ का अध्यक्ष नरेशप्रसाद पनि स्थानीय स्रोतसाधनले नभ्याउने र स्रोतसाधन भएको प्रदेश तथा केन्द्र सरकारले यहाँका जनतालाई जोगाउने गरी योजना अगाडि सार्न नसकेको बताउनु हुन्छ । तीनैतिर रहेका ठूला नदीहरु छेउमा भारतीय पक्षले ठूला बाँध र सडक बनाएको छ ।

वर्षामा यहाँ पानीको डुबानको समस्या छ । खेतीयोग्य जमिन समाप्त हुने अवस्थामा छ । मानववस्ती वर्षेनी ज्यान हत्केलामा राखेर बस्नु परेको उहाँको भनाइ छ । प्रदेशसभा सदस्य राम सरोज यादवले यो गाउँपालिका नेपालकै पानी निकास हुने ठाउँ भएकाले यहाँको विशेषता र संवेदनशीलता दुवै हेरेर सरकारले नदी रोकथाम र विकासका काम अगाडि बढाउनुपर्ने बताउनु हुन्छ । वर्षात्मा यहाँ पानीले जलमग्न भएको तलाउभन्दा अरु केही देखिँदैन भने अरु बेला पानी नभएर सुख्खा जमिन मात्रै देखिन्छ ।

पर्यटकीय गतिविधिबाटै स्थानीयको जीविकोपार्जनमा सहयोग पुग्ने भएकाले यसतर्फ ध्यान दिनुपर्ने उहाँको भनाइ छ । धनुषाको निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित सांसद जुलिकुमारी महतोले मुखियापट्टी मुसहरनिया गाउँपालिका–१ र २ का वासिन्दालाई डुबानको समस्याबाट मुक्त गर्न जमुनी र विगिही नदी नियन्त्रणका लागि बजेट छुट्टयाउन आफूले पटकपटक सरकारको ध्यानाकर्षण गराएको बताउनु हुन्छ । (रासस, टीकाराम सुनार/चन्दन ठाकुर)

  • 39shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

आलेख

‘सुदूर अब टाढा छैन, झिक्कै–झिक्कै माया तम्लाई’ एउटा स्टाटस, एउटा सन्देश, र देशभरि उठ्दै गरेको आशा

माघ १७, २०८२
आलेख

निर्वाचन हुनेमा विश्वस्त छन युवा तर माहोल चुनाव केन्द्रीत छैन् !

अशोज २७, २०८२
आलेख

दशैंमा बलि : आठ प्रकारको परम्परा, दुई किसिमका खुम्चियो

अशोज १४, २०८२
आलेख

महाअष्टमीमा बलि : पशु बलि मात्र होइन, आत्मिक बलिदान पनि हो

अशोज १४, २०८२
आलेख

नेपालको संविधान : जेनजीको आवाज कसरी सम्बोधन हुन्छ ?

अशोज ३, २०८२
आलेख

जेनजी आन्दोलनको छायाँमा उदाएकी निस्वार्थ दीप : आशिका तामाङ’

अशोज २, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend