Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

महाअष्टमीमा बलि : पशु बलि मात्र होइन, आत्मिक बलिदान पनि हो

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज १४, २०८२
In आलेख
0

काठमाडौं । आज देशभर महाअष्टमी पर्व श्रद्धा, भक्ति र परम्परागत विधिपूर्वक मनाइँदै छ। आश्विन शुक्ल अष्टमीका दिन पर्ने महाअष्टमी बडादशैंको आठौं दिनको रूपमा मनाइन्छ, जसमा दुर्गा भवानीका विभिन्न रूपहरूको विशेष पूजा आराधना गरिन्छ।


महाअष्टमीको दिनलाई दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिनका रूपमा लिइन्छ। वैदिक सनातन परम्पराका ग्रन्थहरूजसमा दुर्गा सप्तशती, श्रीमद्देवी भागवत र देवी स्तोत्र उल्लेखनीय छन् ।आजको दिन दशैं घर,कोत लगायत राज्यका प्रमुख शक्तिपीठहरूमा शास्त्रीय विधिअनुसार पशु बलि दिई दुर्गा भवानीको पूजा आराधना गरिँदै छ।


वेद गुरु रविन्द्र आचार्यका अनुसार, ‘महाअष्टमी भनेको भगवती पराशक्तिको प्रादुर्भाव भएको दिन हो । असत्य र अधर्ममाथि सत्य र धर्मको विजयको प्रतिकका रूपमा यो दिनलाई लिइन्छ ।’ उनले थपे, ‘आजैको दिन भगवती माताले दुष्ट र दैत्यहरूको विनाशका लागि शक्ति प्रकट गर्नुभएको दिन हो, त्यसैले आज कालरात्रि देवीको आराधना र महागौरी देवीको विशेष उपासना गरिन्छ ।’


वेद गुरु आचार्यले भने, ‘आजको दिनलाई महाअष्टमी भनिन्छ, जुन शुभारम्भ भएको दिनबाट आठौं दिनमा पर्छ । अष्टमी तिथि प्रत्येक पक्षमा आउँछ, तर आजको अष्टमी विशेष हो । किनभने आजैको दिन पराशक्ति जगदम्बिका माताको प्रकट भएको विश्वास गरिन्छ ।’


यस दिन विशेष रूपमा भगवती कालरात्रिको पूजा गरिन्छ भने महागौरी देवीको उपासना गरी श्रद्धालुहरूले अष्टमी पर्व मनाउने चलन छ। दुर्गा पूजाको आठौं दिन पर्ने महाअष्टमीमा शक्ति रूपी देवीको आराधना गरिँदै, भक्तजनहरू विभिन्न शक्तिपीठ, मन्दिर र धार्मिक स्थलहरूमा पूजापाठ, हवन तथा बलि दिने परम्परा पालना गर्छन् । वेद गुरुका अनुसार, महाअष्टमीको आध्यात्मिक सन्देश भनेको ‘असत्य, अन्याय र अधर्ममाथि सत्य, न्याय र धर्मको विजय हो ।’


यस गैरी महाअष्टमीका दिन बलि दिने चलन छ । वेद गुरु आचार्यले बलि प्रथाको जड हाम्रो वैदिक, धर्मशास्त्रीय र पुराणिक ग्रन्थहरुमै आधारित रहेको बताए । उनले भने, ‘बलि भनेको केवल पशु बलि मात्र होइन, आत्मिक बलिदान पनि हो । वेदमा पनि उल्लेख गरिए अनुसार काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य जस्ता दुर्गुणहरूको बलिदान गर्नु नै वास्तवमा भगवतीप्रतिको समर्पण हो ।’


गुरु आचार्यले थप स्पष्ट पारे, ‘शास्त्रमा उल्लेख भए अनुसार बलि प्रथा केवल परम्परागत अभ्यास मात्र होइन, भगवतीको प्रसन्नताको निम्ति गरिएको कर्मपद्धति पनि हो । देवी भागवत, दुर्गा सप्तशती लगायतका ग्रन्थहरूमा यसको उल्लेख भेटिन्छ।’


उनका अनुसार, महाअष्टमीका दिन देवी महागौरीको विशेष पूजन गरिन्छ। ‘कतिपय स्थानमा नवदुर्गाको स्थापना अष्टमीकै दिन गरिन्छ,’ उनले भने, ‘गृहस्थ परम्परा अनुसार केराको पातमा नवथुप्रा स्थापना गरिन्छ, जसमा जनै, सुपारी, ताम्र, रजत वा स्वर्ण मुद्रा राखी जयन्ती र मंगला देवीको पूजा गरिन्छ ।’


गुरु आचार्यले फूलपाती सँग जोडिएको पूजाको विशेषता पनि उल्लेख गरे ।‘अघिल्लो दिन भित्र्याइएको फूलपाती मार्फत देवीलाई नवदुर्गाको स्वरूपमा पूजा गरिन्छ। यस दिन भगवतीले अस्त्र धारण गरेर असत्य र आसुरी शक्तिको विनाश गर्नुभएको दिन हो,’ उनले भने ।


त्यसैले अष्टमीका दिन घरमा भएका अस्त्र–शस्त्र, जस्तै तरवार, ढाल, अंकुश आदिको पनि विशेष पूजन गरिन्छ। ‘भगवतीको रौद्र रूप महाकाली, महागौरी आदि स्वरूपको आराधना यसै दिन गरिन्छ। यही कारणले अष्टमीलाई शक्ति आराधनाको उत्कर्ष दिन मानिन्छ,’ गुरु आचार्यले भने ।


यस्तै, संस्कृतिविद् गुरु नारायण प्रसाद आचार्यका अनुसार महाअष्टमी देवीको अत्यन्तै प्यारो तिथि मानिन्छ । अष्टमी भनेको नवरात्रिको बीचको तिथि हो । प्रतिपदादेखि सप्तमी सम्म एकतर्फ र नवमी देखि पूर्णिमा अथवा औँसी सम्म अर्को तर्फ सात–सात दिन हुन्छन्, त्यसको बीचमा पर्ने अष्टमीलाई विशेष मानिन्छ ।


उनले बताए अनुसार, नवरात्रि प्रारम्भ हुनु भन्दा अगाडि पितृ पक्ष अर्थात् १६ श्राद्ध पर्ने गर्छ । यदि सोह्र श्राद्धका क्रममा कुनै कारणले श्राद्ध गर्न रोकिएको भए, त्यसलाई अष्टमी तिथिमा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ । पूर्णिमाको दिन मृत्यु भएका व्यक्तिको श्राद्ध समेत अष्टमीमै गर्नु पर्ने प्रचलन रहेको उनले उल्लेख गरे ।


आचार्यका अनुसार अष्टमी तिथिलाई भगवती आमाको अति प्यारो तिथि मानिन्छ । घटस्थापना पछि शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा लगायतका नवदुर्गा भवानीलाई स्थापित गरी पूजा गरिन्छ । ‘अष्टमीमा देवीको कृपा, शक्ति र उपासना प्राप्त गर्न पूजा गर्ने परम्परा छ,’ उनले भने ।


कालरात्रिको पूजा गर्ने प्रसङ्ग समेत अष्टमी सँग जोडिएको उनले स्पष्ट पारे । उनका अनुसार असुर र दैत्यहरूको शक्ति रातको समयमा बढ्दै जाने हुँदा देवीको आराधनाबाट त्यसलाई नष्ट गर्ने सामथ्र्य प्राप्त हुन्छ । ‘हामीलाई सानैमा आमाबाबुले बेलुका धेरै नहिँड्नू भनेर चेतावनी दिन्थे, किनकि त्यो समय असुर शक्तिको प्रभाव हुने विश्वास छ,’ उनले स्मरण गरे ।


महाअष्टमीमा कतिपय ठाउँमा बलि दिने प्रथा पनि छ । यसबारे आचार्यले भने, ‘बलिको अर्थ जनावर मात्र चढाउनु होइन, हाम्रो भित्रको नकारात्मक ऊर्जालाई नष्ट गरेर सकारात्मक ऊर्जा ल्याउनु नै असली बलि हो ।’ उनका अनुसार परम्परा अनुसार कतै घिरौँला, कतै कुबिन्डो जस्ता तरकारीकै बलि दिने चलन पनि छ । यसलाई आआफ्नो मान्यता र विधानअनुसार गर्ने गरिएको उनले बताए ।


‘अष्टमीमा गरिएको बलिको मर्म भनेकै नकारात्मकतालाई नष्ट गरेर सकारात्मकता जगाउनु हो,’
संस्कृतिविद् गुरु नारायण प्रसाद आचार्यले भने ।

  • 20shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

आलेख

‘सुदूर अब टाढा छैन, झिक्कै–झिक्कै माया तम्लाई’ एउटा स्टाटस, एउटा सन्देश, र देशभरि उठ्दै गरेको आशा

माघ १७, २०८२
आलेख

निर्वाचन हुनेमा विश्वस्त छन युवा तर माहोल चुनाव केन्द्रीत छैन् !

अशोज २७, २०८२
आलेख

दशैंमा बलि : आठ प्रकारको परम्परा, दुई किसिमका खुम्चियो

अशोज १४, २०८२
आलेख

नेपालको संविधान : जेनजीको आवाज कसरी सम्बोधन हुन्छ ?

अशोज ३, २०८२
आलेख

जेनजी आन्दोलनको छायाँमा उदाएकी निस्वार्थ दीप : आशिका तामाङ’

अशोज २, २०८२
आलेख

सुशीला कार्की प्रति जनअपेक्षा : ‘देशले अब आमा पायो’

भदौ २८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend