Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

सुशीला कार्की प्रति जनअपेक्षा : ‘देशले अब आमा पायो’

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ २८, २०८२
In आलेख
0

(आकांक्षा धामी),काठमाडौं। पूर्व-प्रधानन्यायाधीश सुशीला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेपछि देशभर बाट सकारात्मक प्रतिक्रिया आउन थालेका छन्  ‘देशले अब आमा पायो’ भन्ने सर्वसाधारणको भनाइले जनभावनाको प्रतिनिधित्व गरेको देखिन्छ ।

GEN-Z को नेतृत्वमा भएको युवा आन्दोलनले निर्णायक मोड लिँदै देशमा राजनीतिक परिवर्तन ल्याएको छ । आन्दोलनको सफलताले इतिहासमै पहिलो पटक एक महिलालाई प्रधानमन्त्रीको रुपमा स्थापित गराएको छ । सुशीला कार्की, जो एक योग्य र निडर पूर्व-प्रधानन्यायाधीशका रुपमा परिचित छिन्, अहिले जनताको आशाको केन्द्र बनेकी छन् ।

GEN-Z आन्दोलनपछि देशको नेतृत्व सम्हाल्न तयार भएकी कार्कीले प्रधानमन्त्री पदमा बहाल भएपछि सर्वसाधारण सँग उनी प्रति लागेको आशा र विश्वासबारे बुझ्दा उनीहरूमध्ये धेरै जसो उत्साहित र आशावादी देखिएका छन् ।

देशले प्रधानमन्त्रीको रूपमा आमा पाएको छ

बनेपाका कृष्ण प्रसाद मणीकर्मीले प्रधानमन्त्री सुशीला कार्कीप्रति गहिरो भरोसा व्यक्त गर्दै भने, ‘नयाँ प्रधानमन्त्रीलाई धेरै धेरै बधाई छ । अब नेपालले प्रधानमन्त्रीका रूपमा आमा पाएको छ । उहाँ एकसय प्रतिशत नेतृत्व दिन सक्ने क्षमता भएकी महिला हुनुहुन्छ ।’ उनले विगतका भ्रष्ट नेताहरूको कारण देशले ठूलो मूल्य चुकाएको भन्दै अब सुधारको अपेक्षा व्यक्त गरे । ‘युवाहरूले गरेको आन्दोलनले देशलाई दिशा दिएको छ,’ मणीकर्मीले भने ।

अब देशमै रोजगारी हुनु पर्छ

भक्तपुरका श्याम प्रसाद फुयालले देशमा बेरोजगारी, कृषि समस्या, मलको अभाव जस्ता विषयहरुको समाधान गर्नु पर्ने बताए ।

उनले भने, ‘अब युवाहरू विदेशिनु नपरोस् । नेपालमै रोजगारी होस् ।’ उनले कार्कीलाई सक्षम नेता बताउँदै देशलाई भ्रष्टाचारमुक्त, कृषि–आधारित अर्थतन्त्र बनाउने तर्फ लाग्न सुझाव दिए । ‘अब हरेक सेकेण्ड मिनेटको मूल्य थाहा हुने युग सुरु होस्,’ फुयालले भने ।

उनले अब सबै नेपालीहरुको माता, आमा सम्झेर काम गर्नु पर्ने बताए । उनले सबै भ्रष्टाचारीहरुलाई नियन्त्रण गरेर छानविन गरेर सत्यतथ्य छुटाएर दोषिहरुलाई कारवाही गर्न आग्रह गरे ।

महिला प्रधानमन्त्री पाएकोमा गर्व

चितवनकी खुसी सुवेदीले सुशीला कार्कीलाई ‘देशको आमा’ को रुपमा स्वीकार गरेकी छिन् । उनले हामी सबैको चाहना अनुसार आन्दोलन सफल भएको बताइन् ।

उनले भनिन्, ‘हामी सबैको चाहना अनुरुप जेनजीको आन्दोलन सफल भएर देशले प्रधानमन्त्री एउटी आमा पाएको छ । तर अब देशले जिरोबाट उठ्नु पर्ने छ ।’ उनले मुलुकको प्रत्येक क्षेत्रमा सुधारको अपेक्षा गरिन् र नयाँ नेपालको निर्माणको आशा व्यक्त गरिन् ।

उनले भनिन्, ‘शहीद युवाहरूको बलिदानले देशले मुहार फेरेको छ । अब देशमा केही होला की जस्तो मलाई लागेको छ । नेपालले  नपाएको कुरा महिला प्रधानमन्त्री पाएको छ । एकदमै  खुसी छु म । कुन ठाउँमा सुधार भएको छैन त्यो सबै अब सुधार गर्नु पर्छ । अब नयाँ नेपाल खडा गर्नु पर्छ ।’

सर्लाहीका रञ्जित कुमार राउतले हालैको जेनजी आन्दोलनमा शहादत प्राप्त गरेका युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै, यो आन्दोलन देश र जनताको हितका लागि आवश्यक कदम भएको बताएका छन् ।उनले भने, ‘देशमा धेरै बढी अत्याचार भइरहेको थियो, त्यसको अन्त्यका लागि यो सबै भएको हो । यो दश वर्ष अघि नै हुनु पर्ने थियो । यदि त्यतिबेलै यस्ता कदमहरू चालिएको भए, आज देश धेरै अगाडि पुगिसकेको हुने थियो ।’

जेनजी आन्दोलनको क्रममा सिंहदरवार लगायतका सरकारी निकायका संरचनाहरु नष्ट भएको प्रति दु:ख व्यक्त गर्दै उनले भने, ‘नेपाल सरकारसँग रहेका महत्वपूर्ण डाटा र संरचनामा क्षति पुर्याउनु हुँदैनथ्यो । त्यो नहुनु पर्ने थियो । तर आन्दोलन गर्ने पनि देशकै युवा थिए । जेनजी साथीहरुको नाम बदनाम पार्न अरू कसैले पनि यस्ता काम गर्न सक्छ ।’

उनले हालको नेतृत्व प्रति आशावादी दृष्टिकोण व्यक्त गरे । उनका अनुसार, ‘अहिलेका प्रधानमन्त्री पहिल्यै देखि राम्रो विचार राख्नु हुन्थ्यो । पूर्व प्रधानन्यायाधीश हुनु हुन्छ, कानूनका जानकार हुनु हुन्छ । त्यसैले उहाँ प्रति जनताको आशा र विश्वास छ । देशलाई अगाडि बढाउने सामर्थ्य उहाँमा छ  ।’

राउतले जेनजी नेतृत्वले आफू नेतृत्वमा नरही, सवल महिला र विद्वान व्यक्तिलाई अगाडि ल्याउनु पनि सराहनीय भएको बताए । ‘मलाई धेरै खुसी लाग्यो, उनीहरूले राम्रो निर्णय गरे। हामी सबै यसबाट धेरै सन्तुष्ट छौं,’ उनले भने ।

भ्रष्टाचार विरुद्ध कडा कदम चाल्नु पर्नेमा जोड दिँदै उनले भने, ‘अब भ्रष्टचारीहरूलाई खोजी–खोजी नख्खु जेलमा हाल्नु पर्छ । ठूलाठूला जेलमा हाल्नु पर्छ । देशको हितका लागि अब कडा कारबाहीको आवश्यकता छ ।’

अब पुरानो जस्तो केही नहोस्

नारायण देवी श्रेष्ठले महिला प्रधानमन्त्री आएकोमा खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘महिला प्रधानमन्त्री आएकोमा खुसी लागेको छ । अब फेरि पुरानो जस्तो केही नहोस् । भ्रष्टाचार नियन्त्रण होस् ।’ उनले बालेन शाहको सक्रियता प्रति पनि सकारात्मक धारणा व्यक्त गरिन् ।

पुराना तीन पार्टीले देश बर्बाद पारे

बारा निवासी रामबाबु गिरीले आन्दोलन सफल भएकोमा आफू अत्यन्त खुशी भएको प्रतिक्रिया दिएका छन् । आन्दोलनमा सहादत प्राप्त गरेका GEN-Z पुस्ताका युवा प्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले भने, ‘त्यति ठूलो बलिदान दिएर भए पनि देशमा परिवर्तन आएको छ, जुन जरुरी थियो। अब तिनवटा पुराना पार्टीहरुको अत्याचार सहनु नपर्ला भन्ने लाग्छ ।’

गिरीले हालै भएको संसद विघटन प्रति पनि समर्थन जनाएका छन् । उनी भन्छन्, ‘त्यति गरेर मात्रै पुग्दैन, जसले–जसले भ्रष्टाचार गरेका छन्, उनीहरुलाई कारबाही गर्नु पर्छ । छानबिन हुनु पर्छ, थुन्नु पर्छ ।’ उनले तराइमा कांग्रेस र एमाले द्वारा आयोजित जुलुस प्रति असन्तुष्टि जनाउँदै भने, ‘हाम्रो आमा–बुबा वा पुराना गुटका मान्छे त्यस्ता जुलुसमा नजाऊन् भन्ने अनुरोध गर्छु ।’

देशको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की नियुक्त भएकोमा गिरीले अपार हर्ष व्यक्त गरेका छन् । ‘विश्वकै इतिहासमा कायम हुने घटना हो यो । युवाहरुको नेतृत्वमा आएको परिवर्तन साँचिकै ऐतिहासिक हो,’उनले भने ।गिरीले कार्कीले देशलाई कानुनी शासनमा लैजाने समेत बताए । ‘उहाँ कानुनकी ज्ञाता हुनु हुन्छ । भ्रष्टाचारको अन्त्य उहाँकै नेतृत्वमा सम्भव छ,’ उनले भने ।

उनले प्रदेश र स्थानीय तहको पुनरावलोकन आवश्यक भएको औंल्याउँदै भने, ‘प्रदेश सभा खारेज गर्नुपर्छ, तब मात्र देश विकासको बाटोमा अघि बढ्छ ।’ यसैगरी कैलालीका गणेश साउदले पनि आफू जेनजी आन्दोलनमा प्रत्यक्ष सहभागी भएको बताउँदै यसको सफलताले सम्पूर्ण नेपालीलाई खुसी दिएको बताएका छन् ।

‘यो आन्दोलनले नयाँ क्रान्ति, नयाँ युगको सुरुवात गरिसकेको छ,’ साउदले भने, ‘पहिला नेताहरुको भ्रष्टाचारले देश धराशायी बनिसकेको थियो । अब चाहिँ विकास हुन्छ भन्ने आशा पलाएको छ ।’ उनले प्रधानमन्त्री बनेकी सुशीला कार्की प्रति विश्वास व्यक्त गर्दै भने, ‘उहाँ पहिल्यै प्रधान न्यायाधीशको रुपमा काम गरिसक्नु भएको हो । त्यसैको अनुभवले देशको नेतृत्व गर्न सक्नु हुन्छ ।’

साउदको भनाइमा, अब देशलाई भ्रष्टाचारमुक्त बनाउँदै वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई स्वदेशमै रोजगारीको अवसर दिने खालका नीति आवश्यक छन् ।‘देशमा नयाँ नयाँ कार्य अगाडि बढाउनु पर्छ । नेपालीले परिवर्तन महसुस गर्न पाउनु पर्छ,’ उनले भने ।

प्रधानमन्त्री सुशीला कार्की नेपालको पहिलो महिला प्रधान न्यायाधीश पनि रहिसकेकी छन् । कानुन र न्यायप्रति दृढ धारणा राख्ने उनको नेतृत्वमा मुलुकले समावेशी, पारदर्शी र जिम्मेवार शासनको आशा लिएको सर्वसाधारणको प्रतिक्रियाबाट प्रष्ट हुन्छ । जनआन्दोलनको बलमा स्थापित नयाँ नेतृत्वले कस्तो परिवर्तन ल्याउँछ भन्ने प्रतीक्षामा देश उभिएको छ ।

सुशीला कार्कीको प्रधानमन्त्री नियुक्ति पछि सर्वसाधारणमा उत्साह, आशा र जिम्मेवारीको माग स्पष्ट देखिन्छ । भ्रष्टाचारको अन्त्य, रोजगारको सिर्जना, कृषि विकास, जनउत्तरदायी शासन प्रणाली र न्यायिक सुधार प्रमुख जनअपेक्षाका रुपमा देखिएका छन् ।

नेपालले पहिलो पटक महिला प्रधानमन्त्री पाएको ऐतिहासिक क्षणमा जनता उत्साहित छन् र विश्वास गरिरहेका छन् कि ‘देशले अब आमा पाएको छ’ भन्ने भावनाले नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ । तथापी, कार्कीको कार्यकाल भने हेर्न बाँकी नै छ ।

  • 18shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

आलेख

‘सुदूर अब टाढा छैन, झिक्कै–झिक्कै माया तम्लाई’ एउटा स्टाटस, एउटा सन्देश, र देशभरि उठ्दै गरेको आशा

माघ १७, २०८२
आलेख

निर्वाचन हुनेमा विश्वस्त छन युवा तर माहोल चुनाव केन्द्रीत छैन् !

अशोज २७, २०८२
आलेख

दशैंमा बलि : आठ प्रकारको परम्परा, दुई किसिमका खुम्चियो

अशोज १४, २०८२
आलेख

महाअष्टमीमा बलि : पशु बलि मात्र होइन, आत्मिक बलिदान पनि हो

अशोज १४, २०८२
आलेख

नेपालको संविधान : जेनजीको आवाज कसरी सम्बोधन हुन्छ ?

अशोज ३, २०८२
आलेख

जेनजी आन्दोलनको छायाँमा उदाएकी निस्वार्थ दीप : आशिका तामाङ’

अशोज २, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend