Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

‘सुदूर अब टाढा छैन, झिक्कै–झिक्कै माया तम्लाई’ एउटा स्टाटस, एउटा सन्देश, र देशभरि उठ्दै गरेको आशा

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
माघ १७, २०८२
In आलेख
0

(सन्तोषी रावल) १७ माघ : सुदूरपश्चिमका पहाडी जिल्ला हुँदै, चिसो मौसम र हिउँले ढाकिएको सडकमा खिचिएको एउटा तस्बिर सँगै सामाजिक सञ्जालमा लेखिएको सानो स्टाटस ‘सुदूर अब टाढा छैन, झिक्कै–झिक्कै माया तम्लाई’ अहिले गहिरो राजनीतिक र भावनात्मक अर्थ बोकेको छ । यो केवल फेसबुक स्टाटस मात्र होइन, राज्यले लामो समय देखि बेवास्ता गर्दै आएको भूगोल र जनताको पीडा माथि गरिएको गम्भीर टिप्पणी हो ।

राजधानी बाट टाढा भएकै कारण सुदूरपश्चिम र कर्णाली जस्ता क्षेत्र विकासमा पछि परेका छन् । सडक, शिक्षा, स्वास्थ्य, रोजगारी सबै क्षेत्रमा राज्यको पहुँच कमजोर रहँदै आएको यथार्थलाई यो स्टाटसले सांकेतिक रूपमा उजागर गरेको देखिन्छ । फागुन २१ को निर्वाचनको क्रममा पूर्व देखि पश्चिम सम्म यात्रा गरिरहेका बालेन शाहले यो यात्रा केवल चुनावी प्रचारका लागि होइन, देश बुझ्ने, जनता सुन्ने र भोगाइबाट सिक्ने माध्यम बनाएका छन् ।

उनी आफैं पैदल हिँडेर बाटोको कठिनाइ अनुभूति गरिरहेका छन्, स्थानीयसँग संवाद गरिरहेका छन् र उनीहरूका दु:ख, भोक, सपना र सम्भावनालाई नजिकबाट देखिरहेका छन् । यही क्रममा कर्णालीका जिल्ला सम्म पुग्दा उनले त्यहाँको पीडा र आवाजलाई त्यहीँको भाषामा समेट्दै लेखे ‘कर्णालीका सुइना हाम्रा सुइना ।’ यो वाक्यले कर्णालीलाई हेर्ने दृष्टिकोण मात्र होइन, राज्य र नेतृत्वको संवेदनशीलताको खडेरी माथि प्रश्न उठाएको छ ।

कर्णाली र सुदूरका जनताको भावना प्रयोग गर्ने नेता धेरै आए, आश्वासन बाँड्नेहरू झन् धेरै आए । तर ती जनताकै भोट लिएर सत्तामा पुगेकाहरूले कर्णालीका सपना पूरा गर्न सकेनन् यो तीतो यथार्थ अझै ताजै छ । यही पृष्ठभूमिमा, बालेन शाहले स्टाटस मार्फत देखाएको हुटहुटी भावुकता होइन, यो राज्य पुन:संरचना र विकासको सोच सँग जोडिएको संकेत पनि हो ।

आज देशको राजनीतिक अवस्था हेर्दा, पुरानै शैली, पुरानै अनुहार र पुरानै भाषण प्रति जनतामा वितृष्णा बढ्दै गएको छ । यही अवस्थामा, बालेन शाह जस्ता फरक सोच र फरक बाटो हिँड्न खोज्ने पात्र प्रति जनताका मनमा केही आशा पलाएको देखिन्छ । ‘साच्चै बालेनलाई जितायो भने के नेपालले विकासको कोल्टे फेर्ला ?’ भन्ने प्रश्न अब चिया पसल देखि सामाजिक सञ्जालसम्म गुञ्जिन थालेको छ ।

उनले लेखेका यी स्टाटसहरू हल्का शब्दमा लेखिएका भए पनि गहिरो गम्भीरता बोकेका छन् । यी शब्दहरू चुनावी नारा मात्र होइनन्, राज्यको केन्द्रबाट पर धकेलिएका भूगोल र जनतासँग जोडिने प्रयास हुन् । अब प्रश्न यही हो । के सुदूर र कर्णालीले यसपटक साँच्चिकै परिवर्तन महसुस गर्ने छन ? अहिले जनताको आशा यहीँ अडिएको देखिन्छ ।

  • 14shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

आलेख

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज १९, २०८३
आलेख

आँजुरमे आकाश : सडकमा पोखिएको सपना, पसिना र कलाकारको संघर्ष

अशोज ४, २०८३
आलेख

निर्वाचन हुनेमा विश्वस्त छन युवा तर माहोल चुनाव केन्द्रीत छैन् !

अशोज २७, २०८२
आलेख

दशैंमा बलि : आठ प्रकारको परम्परा, दुई किसिमका खुम्चियो

अशोज १४, २०८२
आलेख

महाअष्टमीमा बलि : पशु बलि मात्र होइन, आत्मिक बलिदान पनि हो

अशोज १४, २०८२
आलेख

नेपालको संविधान : जेनजीको आवाज कसरी सम्बोधन हुन्छ ?

अशोज ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका साप्ताहिक उपलब्धि सार्वजनिक

अशोज २३, २०८३

नागरिक उड्डयन क्षेत्रको सुधारका लागि दुई विधेयक प्रतिनिधि सभामा दर्ता

अशोज २३, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज २२, २०८३

भारतीय सिनेमाका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

अशोज २२, २०८३

भोटेकोशी बाढी प्रभावित परिवारका लागि ‘समुन्नति कार्यक्रम’, मन्त्रालय र रेडक्रसबीच समझदारी

अशोज २०, २०८३

स्वास्थ्य मन्त्रीको राजीनामा माग्दै जनकपुरमा युवाहरूको राँके जुलुस, माग सम्बोधन नभए कडा आन्दोलनको चेतावनी

अशोज १९, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज १९, २०८३

सर्वोच्चको आदेशपछि जनकपुरका अस्पताल माथि प्रश्न ? “अस्पतालसँग अनुमति छ कि छैन?”

अशोज १७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend