Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

निर्वाचन हुनेमा विश्वस्त छन युवा तर माहोल चुनाव केन्द्रीत छैन् !

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज २७, २०८२
In आलेख
0

(आंकाक्षा धामी) ,काठमाडौं । जेनजी विद्रोह पछि बनेको अन्तरिम सरकारको मुख्य जिम्मेवारी आगामी फागुन २१ मा प्रतिनिधि सभाको निर्वाचन गराउनु हो । सोही अनुसार सरकारले तयारी गरिरहेको दाबी गरेको छ ।

भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भए पछि कार्कीले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा निर्वाचन गराइछाड्ने अठोट समेत लिएकी छन् । यता, निर्वाचन आयोगले पनि घोषित प्रतिनिधि सभाको चुनाव सम्बन्धी कार्यतालिका सार्वजनिक गरेर काम थालेको जनाएको छ ।

अध्यादेश मार्फत्‌ ऐनमा संशोधन गरिए पछि आयोगले अहिले मतदाता नामावली सङ्कलन गरिरहेको छ । चुनावको मिति घोषणा भइसके पछि मतदाता नामावली सङ्कलन गर्न नपाइने व्यवस्थामा परिवर्तन गरी अध्यादेश ल्याइएको थियो ।

कार्तिक ३० गते सम्म मतदाता नामावली सङ्कलन जारी रहने आयोगले जनाएको छ । विसं २०८२ फागुन २० गते सम्म १८ वर्ष पुगेका नागरिक मतदान गर्न पाउने छन्। निर्वाचनको तालिका नै तयार भएर काम सुरु भएपनि मुख्य दलहरुसँग सरकारले संवाद सुरु नगर्दा संशय पैदा भएको छ ।

नयाँ मतदाता नामावली सूचिमा आफ्नो नाम दर्ता गराउन निर्वाचन आयोगको सम्बन्धित कार्यालयहरुमा छिटपुट मात्र युवाहरुको उपस्थिति देखिन्छ । चुनाव हुने वा नहुने अन्योलमा रहेकाले आयोगका कार्यालयहरुमा नयाँ नाम दर्ता गराउनेहरुको उल्लेख्य उपस्थिति देखिदैन् ।

अनलाइन फारम भरिसके पछि आयोगको जुनसुकै कार्यालयमा गएर मतादाता नामावलीमा नाम लेखाउने सक्ने भएपनि त्यसपछिको प्रक्रियाका लागि कार्यालयमा गई फोटो खिचाउन र बायोमेट्रिक दिनका लागि युवाहरुको उपस्थिति उल्लेख्य देखिएको छैन् ।

आइतबार ललितपुर स्थित निर्वाचन आयोगको कार्यालयमा न्यून संख्यामा मात्र युवाहरु नाम दर्ताका लागि उपस्थित थिए । त्यस मध्येका नाम दर्ता गराउन पुगेका खोटाङका मिसन कार्की निर्वाचन हुनेमा विश्वस्त छन् ।

‘मेरो घर खोटाङ हो । वायोमेट्रिकका लागि आएको छु । पहिलो पटक भोट दिने तयारीमा छु । निर्वाचन हुन्छ भन्ने कुरामा विश्वस्त छु र हुनु पनि पर्छ,’उनले भने । जेनजी आन्दोलनको उपलब्धी पनि निर्वाचन गराउनु भएको भन्दै उनले भने, ‘अब देशको नेतृत्व भिजनरि भएको जेनजी नै आउनु पर्छ । विदेशमा बस्ने नेपालीहरुले भोट हाल्न पाउनु पर्छ । त्यसका लागि आबश्यक कागजात मिलाउनु पर्छ । सबै कागजात मिल्यो भने सबेैले भोट हाल्न पाउँछन् । मतको सही सदुपयोग हुनु पर्छ । त्यसका लागि हामी गाउँ गाउँमा गएर सबैलाइ सचेत बनाउन सक्नु पर्छ । परिवर्तनको सुरुवात हामी बाटै हुनु पर्छ । जेनजी अगाडि आउनु पर्छ ।’

पहिलो पटक नाम दर्ता गराउन पुगेका पाटनका विशेष जोशी निर्वाचन हुनेमा विश्वस्त छन् । उनी अबको नेतृत्व युवा पुस्ताले नै लिनु पर्नेमा जोड दिन्छन् । ‘अबको नेतृत्व भनेको युवा पुस्ताले लिनु पर्छ । भ्रष्टाचार रोक्नु पर्छ । राम्रो मान्छे अगाडि आउनु पर्छ ।’

  • 5shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

आलेख

‘सुदूर अब टाढा छैन, झिक्कै–झिक्कै माया तम्लाई’ एउटा स्टाटस, एउटा सन्देश, र देशभरि उठ्दै गरेको आशा

माघ १७, २०८२
आलेख

दशैंमा बलि : आठ प्रकारको परम्परा, दुई किसिमका खुम्चियो

अशोज १४, २०८२
आलेख

महाअष्टमीमा बलि : पशु बलि मात्र होइन, आत्मिक बलिदान पनि हो

अशोज १४, २०८२
आलेख

नेपालको संविधान : जेनजीको आवाज कसरी सम्बोधन हुन्छ ?

अशोज ३, २०८२
आलेख

जेनजी आन्दोलनको छायाँमा उदाएकी निस्वार्थ दीप : आशिका तामाङ’

अशोज २, २०८२
आलेख

सुशीला कार्की प्रति जनअपेक्षा : ‘देशले अब आमा पायो’

भदौ २८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२

घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ

चैत्र २०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend