Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

‘इतिहास र पहिचानको खोजीमा मधेस प्रदेश : ( आलेख )

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार ३१, २०८०
In आलेख
0

जनकपुरधाम, ३१ असार : देशका सात प्रदेश मध्ये ‘मधेस प्रदेश’ मात्रै पहिचानको आधारमा नामकरण गर्न सफल भएको मधेसवादीहरुले दाबी गर्दै आएका छन् । पहिचानको आधारमा नामकरण गरिए पनि मधेस प्रदेशसँग आफ्नै नाम र इतिहासबारे भने कुनै प्रमाणिक दस्तावेज छैन । मधेस इतिहास र राजनीतिका जानकारहरु विगतमा राज्यले नै मधेसलाई अस्वीकार गरेका कारण कुनै आधिकारिक दस्तावेज नभएको बताउँछन् ।

त्यस्तो बताउने मध्ये एक हुनुहुन्छ मधेश आन्दोलनका अगुवा एवं जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव । यादव मधेसको पहिचान बनाउने भन्दा पनि त्यसलाई भेट्नका लागि तत्कालीन संस्थापन पक्ष (सत्ता) ले भूमिका खेलेको बताउनु हुन्छ । तत्कालीन समयमा राजा, महाराजाका कथा, कहानीलाई नै नागरिकको संस्कृति र पहिचान मान्ने प्रवृत्तिले ऐतिहासिक महत्व बोकेका क्षेत्र तथा नागरिकको पहिचानका विषय ओझेलमा परेको उहाँको बुझाइ छ ।

नेपाल भन्दा मिथिला क्षेत्रको इतिहास धेरै पुरानो भए पनि नेपालको राजनीतिक सीमाङ्कनपछि त्यसलाई कमजोर बनाउन लाग्नु दुर्भाग्यपूर्ण भएको यादवको भनाइ छ । उहाँ भन्नुहुन्छ, “नेपालको भन्दा पुरानो इतिहास मिथिलाको हो तर राष्ट्रियता र राष्ट्रवादी बन्ने नाममा मधेशको इतिहास, परम्परा, यहाँका जनता र गौरवपूर्ण सभ्यता ओझेलमा पार्ने काम भयो । त्यसैको प्रतिरोधमा जन्मिएको मधेस विद्रोहपछि केही सकारात्मक सन्देश दिन सकिए पनि उत्पीडनको शृङ्खला सकिएको छैन ।”

भाषा आयोगका अध्यक्ष डा गोपाल ठाकुर पनि तत्कालीन राज्यसत्ताले मधेसका विषयमा विमति राखे पनि यो भूमिले ओगटेका २२ जिल्ला र यहाँको सामाजिक जीवन र त्यससँग जोडिएका विविध पक्षहरु अस्वीकार गर्न सकिने ठाउँ छैन भन्नु हुन्छ । विगतमा ‘एक भाषा, एक देश’ को नीति लिएका कारण असमानताको खाडल बढेको र त्यसको मारमा सबैभन्दा बढी मधेसीहरु परेको उहाँले बताउनुभयो ।

“भाषा बाल्ने र लेख्ने माध्यम मात्रै होइन यो त राज्यले दिएका अवसरहरु सम्म पुग्ने आधार पनि हो तर राज्यको ‘एक देश, एक भाषा’ नीतिले मधेसीहरु वर्षौं वर्ष राज्यले प्रदान गर्ने सेवा र अवसरबाट बञ्चित हुनु पर्यो ”, डा ठाकुर भन्नुहुन्छ, “अब त्यो सबै कुराको दस्तावेजीकरण गरिनुपर्छ र आफ्नो भाषा आफ्नो पहिचानको संरक्षण गरिनुपर्छ । भोलिको पुस्तालाई हिजोदेखि आजसम्मको यथार्थ भन्नुपर्छ ।”

उहाँले इतिहास भनेको मुख्यरुपमा राजनीतिक चरण नै भए पनि त्यसले भाषिक, सांस्कृतिक, साहित्यिक, कला, जातजाति, रहनसहन र अर्थतन्त्रको अवस्था पनि क्रमबद्धरुपमा उठान गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो । “इतिहास त राज्यसत्ताले लेख्ने हो तर हिजो मधेस नै नस्वीकार्ने राज्यले यहाँको इतिहास कसरी लेख्थ्यो ? अहिले त राज्यले पनि मधेस स्वीकार गरिसकेको छ । त्यसैले सबै पक्षलाई ध्यानमा राखी मधेश के हो

? त्यसको पौराणिक, प्रागऐतिहासिक र ऐतिहासिक सन्दर्भ सहित समग्रतामा यहाँको इतिहास लेख्न जरुरी छ”, ठाकुरले भन्नुभयो । मधेस मामिलाका जानकार एवं पूर्व-राजदूत विजय कान्त कर्ण पनि ‘एक भाषा एक भेष, एक राजा एक देश’ को भाष्य निर्माण गर्न अङ्गीकार गरिएको गलत नीतिका कारण मधेशको पहिचान अतिक्रमणमा परेको बताउनु हुन्छ ।

“मधेस बहुजातीय, बहुभाषिक, बहुधार्मिक स्थल र बहुसांस्कृतिक पक्षहरु मिलेर बनेको पहिचान पनि हो”, कर्णले भन्नुभयो, “हिजो जे भए पनि अब त्यो विशिष्टतालाई ध्यान दिँदै मधेशको उत्पत्ति, भूगोल, लोक साहित्य र संस्कृति, जातजाति र भाषाभाषी तथा जीवनशैलीको खोज अनुसन्धान एवं एकीकृत दस्तावेज बनाउन ढिला गर्नु हुँदैन ।” मधेसको पहिचानकै लडाईंमा धेरै समय बिताउनु भएका वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपालीले त राष्ट्रियताको नाममा मधेसीमाथि गरिएको उत्पीडनले यहाँको मौलिकता एवं सभ्यता नै लोप हुने अवस्थामा पुगेको बताउँदै आउनु भएको छ ।

“मैले धोती, कुर्ता लगाएको, हिन्दी बोलेको र म नेपाली र मधेसी दुवै हुँ भनेर लेखेको र बोलेकै भरमा जेलनेल भोगे । पटकपटक थुनिए र यातना खेपे”, यहाँ भन्नुहुन्छ, “आजको नेपाल रहन मधेसीले नै सीमामा बर्दीविनाका सिपाहीसरह काम गरेको राज्यले देखेन । बरु देशभित्रै सौतेनीे व्यवहार गर्यो।” त्रिभुवन विश्वविद्यालय हिन्दी विभागमा प्राध्यापनरत विनोद कुमार विश्वकर्माले मधेस आफैँमा एक ऐतिहासक धार्मिक भूमि र जातीय हिसाबले बहुपहिचानयुक्त क्षेत्र भएकाले त्यसलाई पनि इतिहासमा समेट्न जरुरी रहेको बताउनुभयो ।

“इतिहास सधैँ सर्वस्वीकार्य हुन्छ भन्ने हुँदैन । आलोचनात्मक इतिहास पनि हुन्छ र त्यसलाई समयक्रममा तथ्य र तर्कका आधारमा सुधार्न सकिन्छ”, विश्वकर्माले भन्नुभयो, “मधेसी समाजमा सदियौँ देखि उत्पीडनमा परेका दलित, महिला तथा सीमान्तकृत वर्गको योगदान, अवस्था र पहिचानका विषयहरुलाई पनि इतिहासको महत्वपूर्ण पाटो बनाउन सक्नु पर्छ ।”

इतिहासका जानकार विक्रममणि त्रिपाठी हिजोका दिनमा नेपालको राष्ट्रिय छवि र राष्ट्रियता मजबुत बनाउने नाममा मधेशको चिनारीलाई कमजोर बनाइएको बताउनु हुन्छ । आफ्नो पहिचानको कुरा गर्दै मधेसमा राजनीतिक अधिकार तथा भाषिक, सांस्कृतिक पहिचान स्थापित गर्न जनतामा आएको जागरण र मधेश विद्रोहबाट नयाँ दलहरुको उत्पति हुनु सुखद् भए पनि त्यसलाई सहीरुपमा प्रयोग गर्न जरुरी रहेको उहाँको धारणा छ ।

“भाषिक, सांस्कृतिक र यहाँको मौलिक इतिहास मेटाउने प्रयास राज्यबाटै भयो । नेपालमा चारकोसे झाडी थियो, जंग बहादुर राणाले त्यही झाडी फँडानी गरेर बस्ती बसाए, तराई क्षेत्रमा भारतीयहरुलाई ल्याएर बसाइयो भनी पाठ्यक्रममै राखेर कक्षा छ देखि पढाइयो । त्यसबाट तराईमा बस्नेहरु भारतीय हुन् भन्ने सन्देश दिइयो । पाठ्क्रमबाट त्यो कुरा हटाउन ठूलो लडाईं लड्नुपरेको छ”, त्रिपाठी भन्नु हुन्छ, “अब लेखिने इतिहासमा कालखण्डगत रुपले हरेक पाटाहरुको खोजी गरिनुपर्छ ।

त्यसका लागि हामी सबैको सहयोग रहन्छ ।” उहाँ मधेसको इतिहास लेखन गर्दा राज्यसँग नभएका कतिपय सांस्कृतिक तथा अंग्रेजसँग जोडिएका विषयको जानकारी भारतीय पक्षबाट लिन सकिने बताउनु हुन्छ । भारतीय इतिहासकार अमरेश कान्त झा पनि राजनीतिक सीमाले अलग भए पनि भारत र सीमासँग जोडिएका नेपालीहरुको अधिकांश कुरा मिल्दोजुल्दो रहेकाले भारतमा लेखिएका कुनै दस्तावेज वा विषयलाई पनि सन्दर्भका रुपमा लिन सकिने बताउनु हुन्छ ।

“मागर्दशनका रुपमा केही आधार त लिइएला, त्यसलाई पुष्टि गर्ने क्रममा नेपालभित्रै आधिकारिक दस्तावेज भेटिन वा नभेटिन पनि सक्छ । कतिपय विषयहरु भारतसँगको सांस्कृतिक सम्बन्धका आधारमा पनि भेटिन सक्छन्”, झा भन्नुहुन्छ, “केही नभेटिए लोकआस्था, लोककथन, लोकगाथा र मौखिकरुपमा व्यक्त महत्वपूर्ण कुराहरुलाई पनि आधार मान्न सकिन्छ । हामी भारतीय पक्षबाट आवश्यक सहयोगका लागि तयार छौ ।”

मधेस प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष रामभरोश कापडीले मधेशको भूगोल र पहिचानलाई अनुसन्धानमूलक कृतिको माध्यमले प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतसम्म पुर्याउने लक्ष्य अनुरुप प्रतिष्ठानले इतिहास लेखनको विषय अगाडि बढाइ सकेको जानकारी दिनुभयो । “मधेसको आधिकारिक इतिहास खोज्दा कतै भेटिंदैन । राज्यसँग यो भूगोलको उत्पत्ति, लोकसाहित्य, संस्कृति, जीवन पद्धतिको एकीकृत दस्तावेज रहेन छ”, उहाँले भन्नुभयो,“त्यसैको खोजीका लागि प्रतिष्ठानले संवाद सुरु गरेको छ ।

आगामी आर्थिक वर्षदेखि त्यसलाई मूर्तरुप दिन थप क्रियाकलापहरु अगाडि बढाउँछाँै । त्यसमा संघीय सरकार, प्रदेश सरकार, बौद्धिक जमात र अध्ययनशील समाजको पूर्ण सहयोग र समर्थन रहने विश्वास छ ।” मधेसको इतिहास लेख्दा प्राचीन कोचिला, मिथिला, भोजपुरा, मगध, अवध र थरूहटका भाषा, संस्कृति, परम्परा र विभिन्न जातजातिको विकासक्रमका विषय समेट्नका लागि सबै क्षेत्रसँग बृहत् छलफल गरी अगाडि बढ्ने उहाँको प्रतिबद्धता छ ।

त्यसैगरी प्रतिष्ठानका सदस्य दिनेश यादवले राजनीतिकरुपमा मधेसले ठूलो लडाईं जिते पनि आफ्नो गुमेको पहिचान फर्काउन बाँकी रहेको बताउनु भयो । “जसको इतिहास हुँदैन उसको वर्तमान र भविष्य पनि हुँदैन भन्ने कुरामा हामी सबै एकमत छौँ । त्यसर्थ मधेस बारेको फरकफरक विचारहरुलाई एकीकृत गरी यथार्थ विवरण खोज्नु र भन्नु हामी सबैको सरोकारको विषय हो । समय लाग्ला तर यो इतिहास लेखेर छोड्ने प्रतिज्ञा गरिसकेका छौँ”, उहाँले भन्नुभयो ।(रासस)

  • 32shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

आलेख

‘सुदूर अब टाढा छैन, झिक्कै–झिक्कै माया तम्लाई’ एउटा स्टाटस, एउटा सन्देश, र देशभरि उठ्दै गरेको आशा

माघ १७, २०८२
आलेख

निर्वाचन हुनेमा विश्वस्त छन युवा तर माहोल चुनाव केन्द्रीत छैन् !

अशोज २७, २०८२
आलेख

दशैंमा बलि : आठ प्रकारको परम्परा, दुई किसिमका खुम्चियो

अशोज १४, २०८२
आलेख

महाअष्टमीमा बलि : पशु बलि मात्र होइन, आत्मिक बलिदान पनि हो

अशोज १४, २०८२
आलेख

नेपालको संविधान : जेनजीको आवाज कसरी सम्बोधन हुन्छ ?

अशोज ३, २०८२
आलेख

जेनजी आन्दोलनको छायाँमा उदाएकी निस्वार्थ दीप : आशिका तामाङ’

अशोज २, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend