Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

युनाइटेड सहकारीको लुट : १५ लाख ऋण दिएर ७ करोडको घर–जग्गा कब्जा

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक १५, २०८०
In बैं‌किङ खबर
0

काठमाडौं : पुतली सडकको युनाइटेड बचत तथा ऋण सहकारीले पूर्वी–रुकुम पुथाउत्तर गंगा गाउँपालिका १० का सुरेन्द्र पुनको काठमाडौंको बालाजुमा रहेको करिब ७ कारोडको घरजग्गा मिलेमतोमा कब्जा गरेको पीडितले बताएका छन् ।

बुधबार संवाद डबलीमा क्रान्तिकारी कम्युनिस्ट पार्टीनिकट न्याय तथा कानुन विभागले पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो ।करिब १२ वर्ष जापानमा श्रम गरेर कमाएको रकमले लिएको घर अदालत, मालपोत, वडा कार्यालय र वकिलहरुसँग मिलेमतो गरेर सो सहकारीले लिलाम गरेको पीडित पुनले आरोप लगाएका छन् ।

पीडित वैदशिक रोजगारको क्रममा जापानमा रहेको समय २०६१ सालमा सहोदर भाई पञ्च पुनले दाजु सुरेन्द्रको नाममा रहेको घर–जग्गा आफू स्वयं सुरेन्द्र भएको कीर्ते हस्ताक्षर र ल्याप्चे किर्ते गरी ऋण लिएको अदालतले समेत पुष्टि गरेको छ ।

ऋण लिँदाको समयमा सहकारीले सुरेन्द्रको घरलाई दृष्टिबन्धक राखेर भाई पञ्च पुनले ५ लाख, निरन्जन प्रसाद शर्माले ५ लाख र दिपेन्द्र उप्रेतीले ५ लाख बाँढेको जिल्ला अदालत काठमाडौंले पुष्टि गरिसकेको छ ।

२०६३ सालमा सुरेन्द्र जापानबाट फर्किएपछि आफ्नो घरजग्गा कीर्ते जालसाँजी गरेर सहकारीमा रहेको थाहा पाएपछि सहकारीमा सोधखोज गर्दा तत्काल ऋणको दोब्बर बढी ३२ लाख तिर्न भनी घरमा पत्र पठाएको पीडितले बताए ।

सहकारी समक्ष आफूले ऋण नलिएको बरु भाईले कीर्ते गरेको भन्दा नमानेपछि न्यायका लागि काठमाडौं जिल्ला अदालतमा मुद्दा लडेको बताए । करिब ७ वर्षपछि अदालतमा ल्याप्चे तथा हस्ताक्षर कीर्ते पुष्टि भएपछि  पीडितको पक्षमा फैसला भए पनि सहकारी पुनः त्यस विरुद्ध उच्चअदालत गएपछि मिलेमतोमा मुद्दा उल्ट्याएको आरोप पीडितको छ ।

त्यसपछि पीडित न्यायका निम्ति सर्वोच्च अदालतमा गए । सर्वोच्चले कीर्ते तथा ठगी नभएको बरु लेनदेन मार्फत् मिलापत्र गर्नु भनी पुनः जिल्ला अदालत फर्काएको पीडित बताउँछन् ।यसरी १८ वर्ष देखि अदालतमा मुद्दा चलिरहँदा गत भदौमा सहकारीले कानुनी मर्यादालाई तोड्दै घरजग्गा लिलाम गरी आफूलाई सडकमा पुर्याएको पीडितको भनाइ छ ।

कतै न्याय नपाएपछि बाध्य भई आमरुपमा न्याय माग्न र पीडा सार्वजनिक गर्न विवश भएको सुरेन्द्र बताउँछन् ।पत्रकार सम्मेलनमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको न्याय तथा कानुन विभागका प्रमुख कृष्ण धमाला ‘गम्भीर’ ले सुरेन्द्रले पाएको अन्याय र अत्याचारले आफ्नो पार्टीलाई गम्भीर बनाएपछि पत्रकार सम्मेलन मार्फत् सार्बजनिक गरेको बताए ।

पार्टीका स्थायी कमिटी सदस्य समेत रहेका धमलाले कानुनी राज्य भनिएको देशमा न्यायालय समेतको मिलेमतोले आफूलाई दुःखी तुल्याएको बताउँदै भने, ‘अदालत, मालपोत, वकिल, सहकारी मिलेर पीडितलाई आत्मदाहसम्म गर्न बाध्य बनाउनेहरुलाई हाम्रो पार्टीले छाड्दैन ।’

सो पार्टीका नेता जुनतारा मगरले विदेशबाट खुन–पसिना बगाएर कमाएको परिश्रमबाट आर्जेको सम्पत्ति गलत बाटोबाट हडपेकोले पीडितलाई न्याय दिने प्रतिबद्धता जाहेर गरे ।हाकाहाकी सोझासाझा सुरेन्द्र जस्ता हजारौं जनताको जग्गा जमिनलाई लिलाम गर्ने विरुद्ध पार्टी खरो उत्रने बताउँदै भने, ‘कानुन तथा न्यायको गला रेट्दै कथित युनाइटेड सहकारी, मालपोत, वकील र वडा कार्यालयका मान्छेहरुलाई सडकमा पछार्ने दिन टाढा छैन ।’

अभियन्ता पुण्य गौतमले सुरेन्द्र एक प्रतिनिधि पीडित पात्रमात्रै रहेको र यस्ता हजारौं जनता दिनदिनै माफियाहरुको चंगुलमा पर्ने हुँदा न्यायका लागि सबै एक हुन पर्ने धारणा राखे । गौतमले सुरेन्द्रको न्यायका निम्ति युनाइटेड सहकारी देखि मालपोत सम्म घेर्न तयार रहने प्रतिबद्धता जाहेर गरे ।

  • 37shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

बैं‌किङ खबर

३ लाख सम्मको ऋण मिनाहा तयारी, जनकपुरधाममा ऋणीलाई राहतको आशा

पुस ३०, २०८२
बैं‌किङ खबर

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२
बैं‌किङ खबर

नाडा अटो शो : अटो लोन ब्याजदरमा प्रतिस्पर्धा, आठ बर्ष सम्मको प्याकेज

भदौ ७, २०८२
बैं‌किङ खबर

कामना सेवा विकास बैंकको संस्थापक शेयर विक्रीमा

जेष्ठ २९, २०८२
बैं‌किङ खबर

महालक्ष्मी विकास बैंकको संस्थापक शेयर आज देखि विक्रीमा

जेष्ठ २६, २०८२
बैं‌किङ खबर

कुमारी बैंकको संस्थापक शेयर आज देखि बिक्रीमा

जेष्ठ २५, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend