Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

नियन्त्रणमुखी मिडिया काउन्सिल विधेयक विरुद्ध नेपाली कांग्रेस

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार ४, २०८१
In समाचार
0

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्ण प्रसाद सिटौलाले कम्युनिष्ट नेतृत्वको सरकारले मिडिया काउन्सिल विधेयक हतारमा पास गरेर प्रेस जगतलाई कब्जा गर्न लागेको बताएका छन् ।

मुलुकमा विस्तारै कम्युनिष्ट एकता हुँदै गएको उल्लेख गरेका सिटौलाले अब प्रेसलाई कब्जा गर्ने त्यसपछि न्यायालय क्षेत्र लगायत अन्य निकाय नियन्त्रणमा लिने कम्युनिष्ट सरकारको रणनीति अनुसार नै यो विधेयक हतारमा पास गर्ने मनसाय देखिएको बताए ।

राष्ट्रिय सभामा प्रस्तुत गरिएको मिडिया काउन्सिल विधेयक, २०८० का सन्दर्भमा मंगलबार संचार क्षेत्रका जानकार, नेपाल पत्रकार महासंघका पूर्व-सभापतिहरु एवं संघ-संस्थाका प्रतिनिधिहरु सँग सिहंदरबारमा छलफल गर्दै मिडिया काउन्सिल विधेयक हुबहु पास गरिए स्वतत्र प्रेस सरकारको नियन्त्रणमा जाने उल्लेख गरे ।

‘विधेयकका सवालमा सरकार हतारिएको छ । प्रेस एवम व्यवसायिकताका बारेमा पर्याप्त छलफल नगरी सरकार अघि बढेको छ । हुबहु पारित गर्न नसकिने भएकाले संशोधन प्रस्ताव लिएर जान्छौं । संशोधन प्रस्तावहरु समावेश नभए फरक मत राख्छौं । हाम्रो मान्यता भनेको स्वायत्त र स्वतन्त्र काउन्सिल हो । हतारिएर आफ्ना मान्छे नियुक्ति गर्ने मनसायले काउन्सिल र प्रेस कब्जा गर्नेहरुका विरुद्ध प्रतिवाद गछौं,’ उनले भने ।

संविधानले स्वतन्त्र प्रेस नै लोकतन्त्रको मुख्य आधार स्तम्भ मान्दै प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रता लेखिएको चर्चा गर्दै संविधान निर्माणमा सक्रिय भूमिका निर्वाह गरेका नेता सिटौलाले सरकारले चाहँदैमा प्रेस नियन्त्रण गर्ने ऐन बनाउन नेपाली कांग्रेसले कुनै हालतमा पनि नदिने अठोट पनि व्यक्त गरे ।

राष्ट्रिय सभाका लागि कांग्रेसका प्रमुख सचेतक कृष्ण बहादुर रोकायले विधेयक पारित गराउन सरकार हतारिनुको कारण स्वतन्त्र प्रेस कब्जा गर्न र काउन्सिलमा आफना मान्छे भर्ती गर्न मात्र केन्द्रीत भएको बताए । सांसद जितजंग बस्नेतले विधेयकमाथि पर्याप्त छलफल नगरी प्रेस नियन्त्रण गर्ने मनसायका साथ सरकार अघि बढे त्यसको प्रतिवाद गर्ने बताए ।

छलफलमा नेपाल पत्रकार महासंघका पूर्व-सभापति डा. सुरेश आचार्यले मिडिया काउन्सिल विधेयकका सवालमा सरोकारवालाहरुको सुझाव र व्यवहारिक पक्षलाई ख्याल नै नगरी अघि बढ्न नसकिने बताए ।पूर्वसभापति तारानाथ दाहालले स्वतन्त्र र स्वायत्त काउन्सिल बनाउने नाममा सरकारको नियन्त्रणमा राख्ने प्रावधान राखिनु गलत भएको औंल्याए ।

पूर्व-सभापति विष्णु निष्ठुरीले मिडिया काउन्सिल मार्फत प्रेसलाई रेगुलेट गर्ने कि कन्ट्रोल गर्ने हो भन्ने विषयमा सांसदहरु प्रष्ट हुनु पर्ने बताए ।उनले जनआन्दोलनको म्यान्डेट र संविधानको प्रावधान अनुसार प्रेस कसैको नियन्त्रणमा हुन नसक्ने बताए । वरिष्ठ पत्रकार राजेन्द्र दाहालले हातमा डण्डा लिएर प्रेस नियन्त्रण गर्ने काउन्सिल मान्य नहुने जिकिर गरे ।

  • 25shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२
समाचार

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२
समाचार

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा : रवि लामिछाने

चैत्र २०, २०८२
समाचार

हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन

चैत्र १९, २०८२
समाचार

गृहमन्त्रीद्वारा कार्यालयमै सर्वसाधारणका गुनासा सुनुवाइ, समाधानका लागि पहल गर्ने प्रतिबद्धता

चैत्र १८, २०८२
समाचार

जनतासँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

चैत्र १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

भारी वर्षाको सम्भावनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहद्वारा नागरिकलाई सचेत रहन आग्रह

अशोज ७, २०८३

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्दै, वाग्ले कार्यवाहक प्रधानमन्त्री

अशोज ६, २०८३

प्रधानमन्त्री शाह र मलेसियाली समकक्षी अनवर इब्राहिम बीच टेलिफोन संवाद

अशोज ६, २०८३

संस्थागत सम्पत्ति हस्तान्तरणमा ढिलाइ, रेडक्रस धनुषाको ध्यानाकर्षण

अशोज ५, २०८३

आँजुरमे आकाश : सडकमा पोखिएको सपना, पसिना र कलाकारको संघर्ष

अशोज ४, २०८३

संविधान दिवसमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाह सहभागी

अशोज ३, २०८३

‘यो सुरुवात हो, अन्त्य होइन’ : संविधान दिवसमा प्रधानमन्त्री शाहको स्पष्ट सन्देश

अशोज ३, २०८३

१३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

अशोज २, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend