काठमाडौँ : भारतको उत्तर प्रदेशको उन्नावमा भएको सडक दुर्घटनामा बसमा सवार १८ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशको आगरा-लखनऊ एक्सप्रेसवेमा उन्नावबाट आइरहेको स्लीपर बस दुर्घटना भएको हो । यो बस दुधको ट्यांकरसँग ठोक्किए पछि दुर्घटनाग्रस्त भएको हो ।
ट्यांकरलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको भारतीय प्रहरीले उदृत गर्दै उल्लेख गरेका छन् । ट्यांकर सँग ठोक्किए पछि बस एक्सप्रेसवेमा पल्टिएको थियो । समाचार एजेन्सी पीटीआईका अनुसार स्लीपर बस बिहारको सीतामढी बाट मोतिहारी हुँदै दिल्ली गइरहेको थियो ।
दुर्घटना प्रति दुःख व्यक्त गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जिल्ला प्रशासनलाई घटनास्थलमा पुग्न र राहत कार्यलाई तीव्रताका साथ अघि बढाउन निर्देशन दिएका छन् ।दुर्घटनामा मृत्यु हुनेमा १४ पुरुष, २ महिला र २ बालबालिकाहरु रहेका छन् ।



















आफ्नो प्रतिकृया दिनुहोस्