काठमाडौं : उप-प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाश मान सिंह सँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् ।आज सिंहदरबार स्थित मन्त्री संहको कार्यकक्षमा उक्त भेट भएको हो ।
भेटमा उनीहरु बिच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको थियो ।
राजदूत श्रीवास्तवले मन्त्री सिंह लाई सफल कार्यकालको शुभ कामना व्यक्त गर्दै सहयोग अभिवृद्धिका निम्तिभारत सरकार तयार रहेको मन्त्रालयका सचिव मणिराम गेलालले जानकारी दिएका छन् ।उनले भने, ‘आजको भेट शहरी विकास मन्त्रीको सफल कार्यकालको लागि शुभकामनाको लागि थियो । भारत सरकारले नेपालको शहरी विकासमा के कस्तो सहयोग गर्न सक्ने सम्भावना छ । हामी सहयोग गर्न तयार छौ भन्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।’
उनले सिंह र राजदूत श्रीवास्तव बीच शहरी विकास, नदी प्रदूषण नियन्त्रण र फोहरमैला व्यवस्थापनमा भारतले गर्न सक्ने सहयोग बारेमा पनि छलफल भएको बताए ।उनले भने, ‘भारतले नेपाललाई सहयोग गर्न सक्ने राम्रो क्षेत्र भनेको फोहोरमैला व्यवस्थापन, नदीनालाहरुको प्रदूषणको नियन्त्रण लगायतका काममा सहकार्य गर्न सक्छौ भन्ने कुरा उहाँले राख्नु भएको छ ।’
यस्तै, छलफलमा भारतीय राजदूतावास बाट २० करोड सम्मको लागतको साना-साना पूर्वाधारको निर्माण कार्य देश भरगर्नको लागि सहयोग गर्ने कुरा पनि भएको बताए ।उनले भने, ‘भारतीय सहयोगमा पुन:निर्माणका केही कामहरु भइरहेका छन् । त्यो बारेमा सामान्य समीक्षा भएको छ ।
भारतीय राजदूतावास बाट २० करोड सम्मको लागतको साना-साना पूर्वाधारका काम गर्न लाई सहयोग प्राप्त हुन्छ । देशभर नै यो कार्यक्रम लागू गर्न सकिन्छ त्यसको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बाट नयाँ कार्यविधि पनि पास भएको छ ।’




















आफ्नो प्रतिकृया दिनुहोस्