२७ श्रावण ,काठमाडौं : सूचना तथा सञ्चार, प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आदिवासी जनजातिको आन्दोलनलाई कमजोर बनाउनका लागि विभिन्न षड्यन्त्र रचिएको बताएका छन् ।आइतबार काठमाडौंमा आयोजित आदिवासी जनजाति पत्रकार महासंघको रजत समारोहमा बोल्दै उनले जनजातिको आन्दोलनलाई कमजोर बनाउनका लागि थारु समुदायलाई अलगै अधिकार दिने नाममा अलग गराइएको र आन्दोलनलाई टुक्रा टुक्रा गर्न आदिवासीहरुलाई भ्रममा पार्ने खेल भएको बताए ।
उनले भने,‘आदिवासी जनजातिको आन्दोलनलाई कमजोर बनाउनका लागि थारु समुदायलाई अलगै अधिकार दिने नाममा थारु आयोग बनाइयो । त्यतिमात्र होइन आदिवासी जनजातिका नेताहरुलाई छिन्नभिन्न बनाइयो । सशक्त आदिवासी आन्दोलन लाई टुक्रा-टुक्रा गर्ने काममा सुनलाई पित्तल भनि दियो भ्रममा परे आदिवासीहरु ।जसले आन्दोलनलाई सशक्त पा¥यो त्यसलाई गद्दार भनेर घोषित गर्ने काम भयो ।’
उनले आदिवासी जनजातिहरु पहिले देखिनै बहिस्कारमा र भेद्भावमा परेको समुदाय भएकाले उनीहरुले सत्ता र राजनीति नबुझ्ने बताए ।उनले आन्दोलनमा हुने हरु भित्र संकिर्णता र सरकारमा हुने हरु भित्र अहंकार रहेको भन्दै शोसन, दमन र उत्पीडन बाट मुक्ति हुने पहिचानको आन्दोलन धेरै कठिनपूर्ण रहेको बताए ।
उनले भने,‘आदिवासी जनजातिहरु भनेको मूलधार बाट अलग,अलग भएका समुदायहरु हुन् । पहिले देखि नै बहिस्कारमा, भेद्भावमा परेको समुदाय हो । त्यो त्यसैले सत्ता राजनीति धेरै बुझ्दैन । उनीहरुभित्र धेरै ठूलो संकिर्णता छ । जो यस्तो खालको आन्दोलनमा हुन्छ उनीहरु भित्र संकिर्णता हुन्छ र जो सरकारमा हुन्छ उनीहरमा अहंकार हुन्छ । त्यसैले हाम्रो राजनीति यो अहंकारको विरुद्धमा र अहंकारको अन्त्यको लागि र मुत्ति प्राप्तिका लागि हाम्रो पहिचानको मुद्दा मुक्ति प्राप्तीको लागि हो । शोसन दमन उत्पीडन बाट कसरी मुक्ति हुने भन्ने हाम्रो पहिचानको हो त्यसैले धेरै कठिन छ यो । ’




















आफ्नो प्रतिकृया दिनुहोस्