४ भाद्र,काठमाडौं: पूर्व-प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले जापानमा हुने वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४ मा सहभागी हुने खेलाडीलाई बिदाई गरेका छन् । उनिहरू लाई मंगलबार अध्यक्ष प्रचण्डले खुमलटारमा आयोजित एक कार्यक्रम बिच बिदाई गरेका हुन् ।

अगस्ट २४ र २५ तारिखका दिन जापान टोकियोमा हुने ‘नवौं वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४’मा नेपालको तर्फबाट खेलाडीहरू एलन श्रेष्ठ, सुस्मिता वाईबा, अनिल उपरकोटी र आरोन शेरचन सहित ६ सदस्यीय टोली सहभागी हुँदैछन् ।
खेलाडी लाई बिदाइ गर्दै अध्यक्ष प्रचण्डले मेडल ल्याउन नेपाली खेलाडीहरू सफल हुने विश्वास व्यक्त गर्नुका साथै सफलताको शुभकामना व्यक्त गरे । बिदाई कार्यक्रममा नेपाल वादोरियो कराते डो संघका केन्द्रीय पदाधिकारी, नेपाल कराते महासंघका उपाध्यक्ष श्याम शेर्पा र सचिव बीआर लगायत सहभागी थिए ।





















आफ्नो प्रतिकृया दिनुहोस्