१३ भाद्र,काठमाडौं: श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले ज्यानु बसन्त राज मिश्र फाउण्डेशनले प्रतिभा हरुको सम्मान गरेर ऐतिहासिक काम गरेको बताएका छन् ।
त्यस्तै संस्थाले महत्वपूर्ण विषय र विभागहरु लाई आफ्नो ठाउँबाट झक्झक्याएर सहयोग गरेको भन्दै प्रशंसा पनि गरे ।बिहीबार ज्यानु बसन्त राज मिश्र फाउण्डेशन समाजिक प्रतिभा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम लाई सम्बोधन गर्दै उनले पुरस्कार प्रदानले सबैमा प्रतिभा झन झल्किरहेको बताए ।
उनले भने, ‘संस्थाले असाध्यै समसामहिक ,अति महत्वपूर्ण विषय र विभाग हरु जोडेको छ । मुलुकमा धेरै कुराको आवश्यक्ता छ र ति आवश्यक्ता हरु लाई पूरा गर्न संस्थाले बेला बेला झक्झक्या ईरहेको छ । यसले संस्थाको महत्व झल्किने छ ।’
साथै उनले नेपालको पर्यटन क्षेत्रको विकासमा यस्ता निजी क्षेत्र हरुले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले यो क्षेत्रको विकासमा नेपाल सरकारको सहयोग भन्दा पनि निजी क्षेत्रमा लागेका विज्ञहरु र व्यवसायी हरुले पर्यटन क्षेत्र लाई अगाडि बढाएको जिकिर गरे ।





















आफ्नो प्रतिकृया दिनुहोस्