१५ भाद्र,सुर्खेत: पूर्व-प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनु पर्ने बताएका छन् ।शनिबार सुर्खेत स्थित कर्णाली प्रदेश रंगशालाको अनुगमन पछि अध्यक्ष दाहालले आगामी मंसिरमा तय गरिएको दशौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुनु पर्ने बताएका हुन् ।
उनले भने, ‘दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा सुर्खेतमा हुनै पर्छ, यसमा राजनीति गर्ने भुल सरकारले नगरोस् । यसमा पनि राजनीति गरेर दशौं राष्ट्रिय खेलकुद पछि सार्न खोजियो भने यो हजारौं खेलाडी र खेलप्रेमीका लागि घात हुनेछ ।’
उनले निर्माणको अन्तिम चरणमा रहेको रंगशाला पश्चिम नेपालको खेल क्षेत्र र खेलाडीको वृत्ति विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।‘यो अहिले सम्मका रंगशाला मध्ये विभिन्न ठाउँमा देखिएका कमी कमजोरी सच्याएर आधुनिक प्रविधिको प्रयोग गरेर जुनरुपमा निर्माण करिव करिव सम्पन्न हुने चरणमा गएको छ ।
यो हामी सबैका लागि खुशी र गौरवको कुरा हो । माओवादी केन्द्रले प्रदेशको नेतृत्व गरेका बेला खास गरी मुख्यमन्त्री महेन्द्र बहादुर शाही र मन्त्री बिमला केसीको पालामा यो रंगशाला लाई प्रदेशको गौरवको आयोजनाको रुपमा अघि सारिएकाले पनि यो हाम्रा लागि विशेष अर्थ र महत्वको छ,’उनको भनाइ थियो ।




















आफ्नो प्रतिकृया दिनुहोस्