१६ असोज,काठमाडौं :जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।भारतको उत्तर–पूर्व असाम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशका एक दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।
माहाशाखाले बुधबार र बिहीबार मुलुकका विभिन्न स्थानमा वर्षा भए पनि अविरल वर्षाको सम्भावना नभएकाले आत्तिनु पर्ने अवस्था नरहेको जनाएको छ ।आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।
कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक दुई स्थानमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी र बागमती प्रदेशका एक दुई स्थानमा धेरै वर्षाको पनि सम्भावना छ।
आज राति कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक दुई स्थानमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी प्रदेशका एक दुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको छ।
महाशाखाका अनुसार आगामी २४ घण्टामा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।
यस अवधिमा कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्