०३ कार्तिक,हेटौँडा: मकवानपुरको हेटौँडा उपमहानगरपालिका एक जना पुरुष होटलमा मृत फेला परेका छन् ।मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार हेटौडा उपमहानगरपालिका–२ स्थित पल्पसा प्याराडाइज होटलको कोठामा काठमाडौं महानगरपालिका–७ चाबहिल निवासी ४७ वर्षीय अजय मानन्धर मृत फेला परेका छन् ।
उनी गत असोज २७ गते देखि होटलको तेस्रो तल्लाको ४०५ नम्बर कोठामा बसिरहेका थिए ।कार्तिक २ गते दिउँसो करिब ४ बजे मानन्धरका साथीहरूले फोन गर्दा नउठे पछि होटलमा गई हेर्दा उनी मृत अवस्थामा फेला परेका थिए । घटना बारे जानकारी पाउना साथ प्रहरी टोली घटना स्थल पुगेको थियो ।
प्रारम्भिक अनुसन्धान बाट मानन्धरमा माघर आएको र पहिले पनि हेटौडा आउँदा सोही होटलमा बस्ने गरेको खुलेको छ । मृतकको शव हेटौँडा अस्पतालको शव गृहमा राखिएको छ । घटना बारे प्रहरीले थप आवश्यक अनुसन्धान गरि रहेको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्